प्रदेश २ मा छोरी जन्मिदैँ लखपति, मुख्यमन्त्री राउतले ल्याए यस्तो नीति
बर्दिबास । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रदेशभित्र रहेको बन्द उद्योग धन्दालाई चाँडै नै सञ्चालनमा ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको बताए । महोत्तरीको बर्दिबासमा शुक्रबार दोस्रो बर्दिबास महोत्सवलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले स्वदेशी विदेशी तथा स्थानीय लगानीकर्तालाई ढुक्क भएर उद्योग धन्दामा लगानी गर्न समेत आग्रह गरे । मुख्यमन्त्री राउतले चैत ४ गते प्रदेश सरकारले प्रदेश नं. २ मा लगानी गर्ने उद्योगीलाई २० वर्षसम्म कुनै कर नलाग्ने निर्णयको विद्येयक प्रदेश संसदबाट पास भइसकेको बताए ।
मुख्यमन्त्री राउतले प्रदेश नं. २ भित्र रहेको सबै ऐलानी र गुठीका जग्गाहरु प्रदेश सरकारको स्वमित्वमा रहने र उद्योगकका लागि लगानी गर्ने उद्योगीलाई प्रदेश सरकारले जग्गा उपलब्ध गराउने स्पष्ट पारे ।
देश संघीय संरचनामा गइसकेको हुनाले बर्दिबासमै नापी कार्यलयका कागजपत्र उपल्बध गराई बर्दिबासबासीलाई सहज रुपमा सेवा लिनसक्ने गरी प्रदेश सरकारले पहल गर्ने दाबी गरे ।
छोरी जन्मिनेबित्तिकै अब लाखपति भएर जन्मिने बताउँदै मुख्यमन्त्री राउतले महिला सशक्तीकरणका लागि प्रदेश २ मा माघदेखि जन्मिने छोरीका लागि रु १ लाख २५ हजारको शिक्षा बीमाको नीति शुरु गरिएको जानकारी दिए ।
सो अवसरमा उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेकाले सामाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’ अभियान आवश्यक रहेको बताए ।
प्रदेश नं २ मा महिला शिक्षाको स्तर सबैभन्दा कमजोर रहेकाले स्तर उकास्नका लागि छोरीले पढ्ने वातावरण राम्रो बनाउन साइकल वितरण अभियान समेत सुरु गरिसकेको जानकारी गराए ।
बर्दिवास नगरको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार समृद्धिको आधार भन्ने उद्देश्यका साथ दोस्रो बर्दिबास महोत्सव शुक्रवारबाट शुरु भएको हो ।
बर्दिबास उद्योग वाणिज्य संघको आयोजनामा भएको यस महोत्सवमा धार्मिक, सांस्कृतिक, पर्यटन र कृषिको दृष्टिकोणले महत्वपूर्ण स्टलहरु राखिएका छन् । महोत्सवमा १ सय ५० स्टलहरु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह