कमल थापाले मनोनित गरे ३२ केन्द्रीय सदस्य (नामसहित)
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् ।
सो पार्टीले काठमाडौं, बाँके र नुवाकोटबाट ३–३ जनालाई मनोनित गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
काठमाडौंबाट दिलिपबहादुर बस्नेत, प्रबल शम्शेर जबरा र सम्झना अधिकारी मनोनित भएका छन् । जबरा र अधिकारी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । त्यस्तै भक्तपुरबाट सुरेन्द्र केसी मनोनित भएका छन् ।
त्यस्तै सो पार्टीले बाँकेबाट ३ केन्द्रीय सदस्य मनोनित गरेको छ । बाँकेबाट रमेश अर्याल, खेमराज गौतम र सलाउद्धिन जसगढ मनोनित भएका छन् भने नुवाकोटबाट पनि ३ जनालाई मनोनित गरेको छ । नुवाकोटबाट मनोनित हुनेहरुमा दिपककुमार राई, मधु रिसाल र नरेन्द्रप्रसाद फुयाल रहेका छन् ।
मनोनित अन्य केन्द्रीय सदस्यको नाम विज्ञप्तिमा हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ