बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल आइडलका विजेता रवि ओडसहित ३ जना अमेरिका भ्रमणमा जाने

शुक्रबार, ०८ चैत २०७५, १९ : ३५
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं– नेपाल आइडल सिजन २ का विजेता रवि ओडसहित उत्कृष्ट तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्।  चर्चित गायन रियालिटी शो नेपाल आइडलका विजेता ओडसहित फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका भ्रमणमा जाने भएका हुन् । 

उनीहरुले अमेरिकामा रहँदा अप्रिल १३ तारिखमा न्युयोर्कमा, अप्रिल १४ बाल्टिमोरमा, अप्रिल १९ मा नेब्रास्कामा र अप्रिल २१ मा बोस्टनमा सांगीतिक प्रस्तुति दिनेछन् ।   उनीहरुले यसअघि जापान, अष्ट्रेलिया र यूएई पुगेर सांगितिक प्रस्तुति दिइसकेका छन् । नेपाल आइडल सन् २०१७ देखि एपीवान एचडी टेलिभिजनमा सञ्चालित कार्यक्रम हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप