बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सम्मृद्ध नेपाल बनाउने अभियानमा केन्द्रीत हुन आह्वान

शुक्रबार, ०८ चैत २०७५, १९ : २१
शुक्रबार, ०८ चैत २०७५

काठमाडौँ–उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई सम्मृद्ध बनाउने अभियानमा केन्द्रीत हुन सबैलाई आह्वान गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले मुलुकको समृद्धिमा केन्द्रित भएर आवश्यक योजनाहरु तय गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए ।

मदन भण्डारी फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनतालाई सुखी बनाउने तथा मुलुकलाई समृद्ध बनाउने सरकारको योजनालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गनुपर्ने स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेलले संविधानले नै संघ, प्रदेश र स्थानीय तहको काम बाँडफाँड गरिदिएकाले सोही अनुसार काम अघि बढनेमा पनि विश्वस्त हुन आग्रह गरे । सरकारले संविधानको मर्मअनुसार अघि बढ्नका लागि आवश्यक कानुन र संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप