शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित

शुक्रबार, ०८ चैत २०७५, १९ : १३
शुक्रबार, ०८ चैत २०७५

काठमाडौँ– राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो । 

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संसोधन पनि भई आएको र आवश्यक परे भविश्यमा संशोधन गर्न सकिने भएकाले विधेयक पास गरि सहयोग गर्न आग्रह गरेका थिए ।

संयुक्त संशोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौ नेपालीको रोजी रोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गरे । 

कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कामदारको रोजी रोटी खोसिने भन्दै ७ नम्बर अनुसूची थप गरि त्यसलाई समावेश गर्न माग गर्दै अधिकारीले संशोधन दर्ता गराएका थिए । 

विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरा पालन, व्यक्तिगत सेवा व्यवसाय, घर जग्गा खरिद बिक्री लगायत साना साना उद्योग व्यवसायलाई नेगेटिभ लिस्टमा राखि ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप