बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा अवैध हतियार बरामद

शुक्रबार, ०८ चैत २०७५, १८ : ५७
शुक्रबार, ०८ चैत २०७५

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले अवैध हतियार बरामद गरेको छ । शुक्रबार अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका – ३ निवासी कमल चौहानको खाली घरबाट १ थान हतियार बरामद गरेको हो । 

त्यस्तै चौहानकै घर नजिकै रहेको पहरामा लुकाई राखेको अवस्थामा ३ थान हतियार बरामद गरेको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए । म्याग्नम नाम गरेका हतियार २ र २ वटा भरुवा बन्दुक रहेको जनाइएको छ ।

युद्धकालका हतियार हुन सक्ने अनुमान प्रहरीले गरेको भएपनि अनुसन्धान भने भइरहेको जनाइएको छ । केहिदिन अगाडि सोही स्थानमा २ सकेट बम समेत फेला परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप