बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वडा सदस्यमाथि युवती बलात्कार गरेको आरोप

शुक्रबार, ०८ चैत २०७५, १८ : ५५
शुक्रबार, ०८ चैत २०७५

–रामहरि श्रेष्ठ

ओखलढुंगा– ओखलढुंगामा एक युवतीले स्थानीय तहका जनप्रतिनिधिबाट आफु बलात्कृत भएको आरोप लगाएकी छिन् । जिल्लाको लिखु गाउँपालिका ३ की एक युवतीले वडा सदस्यबाट आफु बलात्कृत भएको आरोप लगाएकी हुन् । उनले ईट्टा भट्टामा काम गर्ने क्रममा बिहिबार लिखु ३ का वडा सदस्य बिष्णु श्रेष्ठले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।

इँट्टा भट्टामा श्रीमानसँगै काम गर्दै आएकी उनले आफु बलात्कृत भएको दाबी गर्दै प्रहरी तथा वडा कार्यालयमा जाहेरी दिएकी छिन् ।  बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ भने सम्पर्कविहिन भएको लिखु गाउँपालिका ३ का वडा अध्यक्ष गोपाल खड्काले बताए ।

उनले आरोप लागेका पीडक पक्ष सम्पर्कमा नआएसम्म घटनाको बिषयमा यर्थात बाहिर नआउने बताए ।  युवती श्रीमानसँगै इँट्टा भट्टामा खाना बनाउने काम गर्दै आएकी थिइन् । वडा सदस्य श्रेष्ठ भने बिहिबारबाटै फरार रहेका छन् । 

घटनाका विषयमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा कागजी रुपमा जाहेरी आइनपुगेकाले प्रकृयागत रुपमा जाहेरी दिएपछि अनुसन्धान गरिने ओखलढुंगा प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप