शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा भीषण आगलागी, ११ घरसहित ५ गोठ जले

शुक्रबार, ०८ चैत २०७५, १८ : ४६
शुक्रबार, ०८ चैत २०७५

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिकामा एक हप्ताको अवधिमा एक दर्जन बढी घर जलेर खरानीमा परिणत भएका छन ।  शुक्रबार दिउँसो वडा नं. ६ पैकिबण्डामा भीषण आगलागी भएको छ ।  आगलागीले ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् । अपरान्ह २ बजेवाट सुरु भएको आगो करिव २ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीमा परि स्थानीय सनाउल्ला मियाँ घाइते भएका छन ।

बुधइ कुर्मिको घरबाट सल्किएको आगोले बहाव मुसलमान, इलाकत मुसलमान, हदिस मियाँ, राहत मियाँ, अब्दुलगनी मुसलमान भगौतीपाल, अब्दुल कलाम, सनलाउल्ला मुसलमान, बर्मा कुर्मी,किसलावती कुर्मिको घर जलेर नष्ट भएको छ । 

सो आगलागीमा किताबउल्ला मुसलमान, बर्साती चमार, कोदइ कुर्मी, मन्जुर नाउँ र समिम नाउँको गोठ जलेर नष्ट भएको छ ।  आगलागीमा घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । आगलागीमा १ गाईको जलेर मृत्यु भएको छ भने २ वटा गोरु आगोमा परि घाइते भएका छन ।

आगो निभाउने क्रममा घाइते भएका सननउल्लाको बहादुरगंज अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, तौलिहवा र कृष्णनगर नगरपालिकाका दुई दमकल र स्थानियको सहयोगले नियन्त्रणमा लिइएको हो ।

चर्को गर्मी र हावाहुरीका कारण बुधइको घरबाट सल्केको आगोले छिनभरमा नै गाउँ खरानी बनाएको हो । गत चैत्र १ गते शिवराज नगरपालिका १ बनकसका ४ घरहरु जलेर नष्ट भएका थिए । शुक्रवार भएको आगलागी स्थलमा  प्रतिनिधि सभा सदस्य  अभिषेक प्रताप शाह,प्रदेश सभा सदस्य अर्जुन कुमार केसी पुगेका छन  ।

बाक्लो बस्ती, फुस र खरका घरहरुमा गर्मीमा आगलागी हुने गरेको शाहले बताए । आगलागी पीडितहरुको राहतका लागी आफुले पहल गर्ने र पीडितलाई नआतिन सांसद शाहले आश्वासन दिए । घटना स्थलको अवलोकन गदै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले आगलागीका घटना दुखत पूर्ण भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप