शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिसेज टप अफ द वल्र्ड’मा नेपालको प्रतिनिधि अलिना

शुक्रबार, ०८ चैत २०७५, १७ : ५८
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं–युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् ।

‘मिसेस् टप अफ द वल्र्ड २०१९’ का लागि आधिकारिक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रालिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९’ को क्राउन पहिर्याउदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।

व्यक्तिको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार गर्ने उदेश्यसहित अलिनालाई ‘मिसेस् टप अफ द वल्र्ड २०१९’ मा पठाउन लागेको ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए । उद्देश्य पूर्तिका लागि ‘मिसेस् टप अफ द वल्र्ड’ एउटा बलियो माध्यम भएको उनले खुलाए ।

 

ग्रीन आर्टस् मिडिया प्रालिकी अनिला श्रेष्ठको व्यवस्थापनमा एलिनालाई प्रतियोगिताको लागि छानिएको हो । २९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा एलिना  कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धित विभिन्न प्रशिक्षणसहित सहभागिता जनाउने छिन् । 

स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन्, भने उनी व्युटिसियन पनि हुन् । नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै अन्तर्राष्ट्रिय उपाधि नेपालमा भित्र्याउने लक्ष्यसहित आफु प्रतियोगितामा सहभागि हुन लागेको अलिनाले बताइन् ।

मिसेस् टप अफ द वल्डर्मा यसअघि रजनी थापाले वर्ष २०१५ को संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप