एनआरएन ओसेनिया क्षेत्रीय भेला सिड्नीमा हुँदै
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघले यही आउने मे महिनाको ११ र १२ तारिखमा सिड्नीमा आयोजना गरिने संघको ओसेनिया क्षेत्रीय भेलाबारे सिड्नीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
यस क्षेत्रीय भेलाबारे ओसेनिया क्षेत्रका क्षेत्रीय संयोजक तथा क्षेत्रीय भेलाका संयोजक धर्मराज अधिकारीले जानकारी गराएका हुन् । उनका अनुसार भेलामा करीब २० वटा मुलुकबाट कूल ३०० जना प्रतिनिधरु सहभागी हुने अपेक्षा गरिएको छ ।
‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै यस भेलामा संघका अध्यक्ष, पदाधिकारीहरु, संरक्षक परिषद्का पदाधिकारीहरु, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिक्षकका सदस्यहरु, मानार्थ परिषद्का सदस्यहरु, विभिन्न मुलुकका एनसिसिका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहनेछ ।
यसरी नै यस भेलाका लागि नेपाल सरकारका प्रतिनिधिहरु, नेपालका प्रमुख राजनीतिक दलका नेताहरु र सरोकारवाला संघ संस्थाहरुकालाई सहभागिताका लागि निमन्त्रण गरिसकेकोबारे जानकारी गराइएको छ ।
यस भेलाको मूल विषय ‘समृद्ध नेपालको लागि गैरआवासीय नेपाली, सदैव र सबैको लागि’ रहेको छ ।
यस भेलामा नेपालमा वैदेशिक लगानी, नेपालको पर्यटन विकास र प्रबर्धन अनि विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालमा भित्र्याउने अभियानलाई केन्द्रविन्दुमा राखेर बृहत छलफल गरिने छ ।
यसका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपालीहरुले खेल्नुपर्ने भूमिका पहिल्याउन पहलका साथ यसलाई कार्यान्वयनमा लैजान खाका समेत तयार गरिने भएको छ ।
यस भेलाको अन्तिम दिन क्षेत्रीय भेलाको निर्णय जारी गरिने र अतिथिहरुलाई सिड्नीको अवलोकन भ्रमणको समेत व्यवस्था गरिएको छ ।
यस भेला सम्पन्न गर्नको लागि करिब ८० हजार अष्ट्रेलियन डलरको बजेट अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता