भृकुटीमण्डपमा पुष्प मेला, १९ तस्बिरमा हेर्नुहोस्
काठमाडौं–काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ ।
कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार एक कार्यक्रमबीच २२ औं पुष्प मेलाको उद्घाटन गरिन् ।
पुष्प व्यवसायको अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनले पुष्प मेलालगायतका मेलाहरुको प्रर्दशनीका लागि तत्काल प्रर्दशनी स्थलको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
भृकुटीमण्डवमा रहेको प्रर्दशनी स्थलको भौतिक पूर्वाधार समेत जीर्ण रहेकाले पनि सरकारले प्रर्दशनीका लागि छुट्टै स्थलको व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाई थियो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन ।
आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । ३ दिनसम्म चल्ने मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा