शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको उपाधि जित्ने सपना चकनाचुर, फेरि भारतसँग पराजित

शुक्रबार, ०८ चैत २०७५, १६ : ५३
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो । 

विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् । 

त्यस्तै सुरुमा भारतलाई दबाबमा राखेको नेपालले ३३ औं मिनेटमा बराबरी बनायो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् । 

यस्तै पहिलो हाफ एक÷एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी हुन् । 

त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि  ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो गोल गरेकी हुन् । 

चौथोँ पटक फाइनलमा स्थान बनाएको नेपालको यस पटक पनि उपाधि जित्ने सपना चकनाचुर भयो ।  यसअघिका संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग हार्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप