मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार

मलेसिया– मलेसियामा अलपत्र परेका १६ जना नेपालीलाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपाली नागरिकहरुलाई दुतावासको सहयोगमा नेपाल फकाएको हो । फाल्गुण ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० गरी १६ नेपालीलाई उद्दार गरी नेपाल पठाएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।
यसैवीच मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीलाई डर त्रास देखाई, उद्दार गरिदिने नाममा पीडितको परिवारबाट रकम उठाउने र विभिन्न मनि ट्रान्सफरबाट रकम बुझेर सम्पर्कविहीन हुने जानकारी दूतावासमा आउने गरेको बताइएको छ । दुतावासले यसरी अपरिचित र अनाधिकृत व्यक्तिहरुलाई उद्दार गर्ने नाममा रकम नबुझाउन अनुरोध गरेको छ । साथै, जेलमा परेका व्यक्तिको कानुनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउन पनि दुतावासको अनुरोध छ ।
घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्दारको निमित्त नेपालबाटै कन्सुलर सेवा विभाग नारायणहिटीमार्फत जानकारी लिई एकतर्फी हवाईटिकटको व्यवस्था गरी राजदूतावासमा प्रेषित गर्न सकिने भएकोले आफन्तको उद्दारको निमित्त उक्त विभागमा सम्पर्क गर्नु हुन दूतावासले सवैलाई जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन
-
न्यायाधीश समक्ष मिश्रले भने - एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर सरकारलाई राति निद्रा लाग्छ ?
-
संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
-
मुम्बईको जितमा बुमराहको रेकर्ड
-
आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा
-
पलेँटी साँझमा एकल सुनिइन् संगीता प्रधान