शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सलिनमानलाई १० प्रश्न : प्रियङ्कासँग डेट जान चाहन्छन्

शुक्रबार, ०८ चैत २०७५, १४ : १२
शुक्रबार, ०८ चैत २०७५

काठमाडौँ– पहिलो फिल्मबाटै हिट हुने कमै हिरो छन् नेपाली फिल्म क्षेत्रमा । यो मामलमा लक्की छन् अभिनेता सलिनमान बनियाँ । बनियाँ फिल्म ‘ए मेरो हजुर २’बाट अभिनयमा डेब्यु गरेका हुन् ।
पहिलो फिल्म हिट भएपछि उनले राइजिङ स्टारको उपाधिसमेत पाएँ । अभिनेत्री झरना थापाले निर्देशन गरेको यो ‘ए मेरो हजुर २’ हिट भए पनि उनको पछि फिल्म लाइनै लाग्यो ।
तर उनले मात्र ‘यात्रा : अ म्युजिकल भ्लग’ रोजे । थोरै तर राम्रो फिल्म मात्र अभिनय गर्ने सोचका उनको यो ‘यात्रा’ फिल्म प्रदर्शनको तयारीमा छ । २९ चैतबाट प्रदर्शनमा आउने यो फिल्म पनि सफल हुने उनी बताउँछन् । पहिलो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरेका उनले यो फिल्ममा मलिका महतसँग रोमान्स गरेका छन् । साम्राज्ञीसँग जस्तै मलिकासँगको आफ्नो रोमान्स पनि दर्शकल मन पराउने उनी बताउँछन् । अरूसँग झट्ट खुलिहाल्न नसक्ने तर घुलमिल भएपछि भने धक फुकाएर बोल्न नडराउने सलिनमानसँग रातोपाटीको यस्तो छ दस प्रश्न ।

अभिनय किन रोज्नुभयो ?
– सानैदेखिको मेरो रुचि बिजनेसमा थियो । यसका लागि फिल्म क्षेत्रबाट केही सिक्न पाइन्छ । धेरै मानिस चिनिन्छ भन्ने हिसाबले अभिनय रोजे ।

आफ्नो सौन्दर्यमा कति ध्यान दिनु हुन्छ ?
– पहिले त खासै ध्यान दिन्न थिएँ । फिल्म अभिनयमा आएदेखि ध्यान दिन थालेको छु । मलाई जहिले पनि अरूभन्दा केही फरक देखिन मनपर्छ । सुन्दरताका लागि अनुहारमा खासै केही लगाउँदिनँ । हेयर स्टाइल गर्न मनपर्छ । त्यसका लागि कपालमा हेयर स्प्रे, वाक्स् लगायत सामग्री प्रयोग गर्छु ।
फिटनेस गर्नु हुन्छ ?
– नियमित एक्सरसाइज गर्ने गरेको छु । जिम गर्न थालेको ४ वर्ष भयो । ‘ए मेरो हजुर २’ अभिनयका लागि केही समय जिम छाडेको थिएँ । अभिनय सकिएपछि फेरि ज्वाइन गरँे । अहिले हल्काफुल्का फिटनेस मात्र गर्छु ।
फेसमा त रुचि ?
– धेरै छ । म फेसनको फलो गर्ने केटा हुँ । मैले मोडलिङ पनि गरेको छु । मेरो मनपर्ने कलर कालो हो । फेसनमा अरूले लगाएको भन्दा भिन्न लगाउन मनपर्छ । युनिक लगाउन मनपर्छ । 

कस्तो केटा ?
– सीधै भन्नुपर्दा ज्ञानी छु । अन्य कुरा आफूले के भन्ने, अरूले जजमेन्ट गर्नुपर्ने हो । पहिले त धेरैसँग भेटेर रमाइलो गर्नुपर्ने स्वभावको थिएँ । सेलिब्रेटी भएपछि अलि एकान्त प्रेमी भएको छु । 

भूल ?
– भूल त गरियो होला । बिर्सन नसकिने, पछुताउनुपर्ने खालको भूल गरेको छैन अहिलेसम्म । किनभने म सानैदेखि सतर्क भएर हिँड्ने गर्थें ।
सपना ?
– सफल तथा चर्चित व्यवसायी बन्ने सपना छ । यो सपना सानैदेखिको हो । 

प्रेम त पक्कै होला नि होइन ?
– फ्यानका कारणले यो अहिलेसम्म गोप्य राखेको छु । 
मनपर्ने केटी ?
– स्टान्डर पर्सनालिटी, हेर्दा राम्रो देखिने, धूमपान र मध्यपानको लतभन्दा टाढा रहेको । 
रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– बलिउड अभिनेत्री प्रियङ्का चोपडासँग जान्छु । उनी फेमस पनि छिन् । उनको पर्सनालिटी राम्रो पनि छ । अभिनय पनि राम्रो लाग्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप