शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेता पौडेल र सिंह देश दौडाहामा : यस्तो छ कार्यतालिका

शुक्रबार, ०८ चैत २०७५, १४ : ०४
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् । फागुनको अन्तिम साता पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, रमेश लेखक लगायतका नेताहरु देश दौडाहामा निस्किएका थिए । 

सबै नेताहरु चैत ४ गतेको केन्द्रीय कार्यसमिति बैठकका लागि काठमाडौँ पर्केका थिए । चैत ४ र ५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको अनुसाशन समिति, निर्वाचन समिति, पार्टी नियमावली मस्यौँदा समति गठन पनि भयो ।

जुन कुराले पछिल्लो समय काँग्रेसमा आन्तरित द्धन्द्ध उत्कर्षमा पुगेको थियो । तर अन्ततः भागबन्डाका आधारमा सो समिति गठनको विवाद टुँगिएको छ । यद्यपि, प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति ल्याउने कुराको विवाद भने कायमै छ । तर नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् ।  

वरिष्ठ नेता पौडेल आजबाटै चैत १३ गतेसम्मका लागि पूर्वी जिल्लाको भ्रमणमा निस्कएका हुन् । उनका साथमा केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन् ।
उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागि हुनेछन् ।  

पौडेल चैतको ८ देखि १३ गतेसम्म पूर्वी जिल्लाको भ्रमणमा गएकोे उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनीले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसैगरी पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उनी चैत १० गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् ।

यस्तै पौडेल चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रि बास बस्न जनकपुर जाने छन् । १३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ । 

सोही दिनको राती ९ बजे उनी काठमाडौँ पर्किने छन् । यता पूर्व महामन्त्री प्रकाशमान सिंह पनि चैत १० गतेबाट देश दौडाहामा निस्किने भएका छन् ।   नेता सिंह आइतबारबाट पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङमाको भ्रमणमा जाने उनका प्रेस सहयोगी युपि लामिछानेले जानकारी दिए । 

लामिछानेका अनुसार चैत्र १० गते नेपाली काँग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् । यस्तै सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप