शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपी पावरको नयाँ आयोजनाः ४० मेगावाट क्षमताको अपि चमेलिया निर्माण हुँदै

शुक्रबार, ०८ चैत २०७५, १३ : ४४
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं–अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेडमार्फत नयाँ आयोजना सुरु गर्ने भएको छ । कम्पनीले थिल्लो ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । 

यो आयोजना सुदुर पश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लामा अवस्थीत छ । यो आयोजना कम्पनीले निर्माण गरेको यो तेस्रो आयोजना हो । पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मे.वा. क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणालीमा विद्युत प्रवाह गर्दे आएको छ । 

साथै, आगामी चैत मसान्तभित्र ८ मे.वा. क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुँदैछ । सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि. ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदाका िदनमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । 

अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ । यो आयोजना निर्माणको लागीजम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ ।

यसको ३० प्रतिशतले हुने २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सुदुर पश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत हो । 

                                                                                                                                                           आयोजनाको बाँध निर्माण स्थल


यहाँ उत्पादन हुने विद्युतशक्ति सहज ढंगले भारतिय बजारमा पठाउन सकिने आधारशिलाहरु उपलब्ध छन् । यो आयोजना सरकारले गर्ने लागेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजनामा छनौटमा परेको छ ।

सरकारले लगानीमैत्री वातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने बताएको छ । यसैआर्थिक वर्षमा कम्पनीले विकास गरेका विभिन्न सोलार परियोजना समेत अगाडी बढाउनजे जनाएको छ । कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप