शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘कालो बर्ष’ को फष्टलुक सार्वजनिक

शुक्रबार, ०८ चैत २०७५, १३ : २८
शुक्रबार, ०८ चैत २०७५

काठमाडौँ – फिल्म ‘कालो बर्ष’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फष्टलुकको फिल्मको एक पोष्टर शुक्रबार सार्वजनिक गरेको हो । फष्टलुकसँगै फिल्मको प्रचार पनि सुरु भएको निर्देशक लक्षु गौतमले जानकारी दिइन् । 

१३ बैशाखबाट देशभर एकसाथ प्रदर्शनमा आउने फिल्ममा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुजेल लगायतको अभिनय देख्न सकिन्छ । 

योगिराम फिलिम्स्को प्रस्तुति रहेको फिल्म योगेन्द्रप्रसाद पनेरु र राम खड्काले मिलेर बनाएका हुन् । प्रेमकथाको अलवा समसामाहिक बिषय समेटिएको फिल्ममा सुवास देवकोटाको सम्पादन छ । यसलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ठ’ले बितरक जिम्मा लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप