शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा पाकिस्तानको राष्ट्रिय दिवस कार्यक्रम बहिष्कार

शुक्रबार, ०८ चैत २०७५, १३ : ०९
शुक्रबार, ०८ चैत २०७५

भारतस्थित पाकिस्तानी उच्चायोगम हुने पाकिस्तानको राष्ट्रिय दिवसको कार्यक्रममा कोही पनि भारतीय प्रतिनिधी समावेश नहुने बताइएको छ ।

भारतीय समाचार एजेन्सीको सूत्र अनुसार पाकिस्तानले जम्मू–कश्मिरको विभागीय नेतालाई पनि बोलाएको भन्दै भारतले यस्तो निर्णय गरेको हो ।

एक दिन अघि भइरहेको छ कार्यक्रमः

मिडिया रिपोर्ट अनुसार पाकिस्तानी उच्चायोगले यो वर्ष एक दिन अघि नै (मार्च २२) मा राष्ट्रिय दिवस मनाउने निर्णय गरेका छन् । हरेक वर्ष २३ मार्चमा यो कार्यक्रम मनाइन्थ्यो । भारतको तर्फबाट कुनै मन्त्री यो कार्यक्रममा समावेश हुन्छन् ।

पाकिस्तानको राष्ट्रिय दिवस कार्यक्रममा संलग्न नहुने निर्णय भारतले पहिलो पटक लिएको हो ।

गत महिना पुलवामामा भएको चरमपन्थी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा व्यवहार अपनाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप