शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिएम नरेन्द्र मोदीको ट्रेलर रिलिजः मानिसहरुले भने, ‘२०१९ को उत्कृष्ट कमेडी’

शुक्रबार, ०८ चैत २०७५, ११ : ५५
शुक्रबार, ०८ चैत २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा विवेक ओबरोय नरेन्द्र मोदीको भूमिकामा छन् । दुई मिनेटको ट्रेलरमा मोदीको जीवन यात्रा देखाइएको छ ।

ट्रेलरमा प्रधानमन्त्रीको भूमिकामा विवेक ओबरोय निकै फिट देखिएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘पिएम मोदी विवेकभन्दा उत्कृट नायक हुन् । ’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो ट्रेलर हेरेर दूरदर्शनको लो बजेट टेलिफिल्मको याद आयो ।’

यस्तै, अर्का एक प्रयोगकर्ताले यसलाई २०१९ को उत्कृष्ट कमेडी फिल्म बताएका छन् ।

कतिले विवेकले बोलेको डायलग र लुक्स मोदीसँग कुनै पनि कोणबाट नमिलेको बताएका छन् भने कतिले विवेकको अभिनयमा कुनै दम नभएको पनि बताएका छन् ।

पिएम नरेन्द्र मोदी अप्रिल ५ देखि रिलिज हुँदैन । सुरुमा फिल्मको रिलिज डेट अप्रिल १२ बताइएको थियो । फिल्मको निर्देशन कुमार बीले गरेका छन् । फिल्मलाई सुरेश ओबरोय, आनन्द पण्डित, संदीप सिंह र आचार्य मनिषले निर्माण गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप