शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियम र नेदरल्यान्ड्स विजयी

शुक्रबार, ०८ चैत २०७५, ११ : ३२
शुक्रबार, ०८ चैत २०७५

एजेन्सी–विश्व फुटबलका बलिया टोली बेल्जियम र नेदरल्यान्ड्सले यूरो कप छनोटमा विजयी सुरुवात गरेका छन् । 

बिहिबार राति भएको समूह ‘आई’ को खेलमा बेल्जियमले रुसलाई ३–१ गोलले हरायो । समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्सले बेलारुसलाई ४–० गोलले पराजित गर्यो । 
बेल्जियमको जितमा युरी टिलेमान्सले १४औं मिनेटमा खाता खोलेका थिए । त्यसपछि इडेन हजार्डले ४५औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरे । हाजार्डले ८८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।

यसअघि १६औं मिनेटमा बेलारुसका डेनिस चेरेसेभले एक गोल फर्काएका थिए । 

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरे । दुई गोल गरेका डिपेले दोस्रो गोल ५५औं मिनेटमा पेनाल्टीमा गरेका थिए । जिनी वाइन्यालडमले २१औं र भर्जिल भान डिज्कले ८६ औं मिनेटमा एक एक गोल गरेका थिए । 

समूह ‘आई’ को अन्य खेलमा कजाकस्थानले स्कटल्यान्डलाई ३–० र साइप्रसले स्यान मरिनोलाई ५–० गोलले हरायो । समूह ‘सी’ को अर्को खेलमा अन्य उत्तर आयरल्यान्डले इस्टोनियालाई २–० ले पराजित गर्यो । 

यसैगरी समूह ‘ई’ को खेलमा रुस विश्वकपको उपविजेता क्रोएसियाले तुलनात्मक रुपमा कमजोर टोली अजरबैजानलाई २–१ गोलले हरायो । खेलमा अग्रता अजरबैजानले लिएको थियो । १९औं मिनेटमा अरबैजानका रमिल सेयादेवले गोल गरे । त्यसपछि ४४औं मिनेटमा बोर्ना बारिसिचले बराबरी गोल फर्काए । ७९औं मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै क्रोएसियाको जित पक्का बनाए ।  समूह ‘ई’ कै अर्को खेलमा स्लोभाकियाले हंगेरीलाई २–० गोलले पराजित गर्यो । 

यसैगरी समूह ‘जी’ को खेलमा पोल्यान्डले अष्ट्रियालाई १–० गोल र नर्थ म्याकेडोनियाले लात्भीयालाई ३–१ गोलले हरायो । इजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप