शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सीके राउत प्रधानमन्त्री ओलीद्वारा ‘प्लान्टेड’ व्यक्ति हुन्’

शुक्रबार, ०८ चैत २०७५, ११ : १८
शुक्रबार, ०८ चैत २०७५

प्रदेश नम्बर २ का मन्त्रीमध्ये प्रभावशाली मानिएका  भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल राष्ट्रिय जनता पार्टीका महासचिव पनि हुन् । राष्ट्रिय राजनीतिमा मधेसी नेताको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्त्री सोनल प्रदेश २ का स्थापित नेतामध्येका एक हुन् । उनै सोनलसँग  प्रदेश सरकारले गरिरहेको काम कारबाही, मधेसको राजनीति, रेशम चौधरी प्ररकरण, सीके राउतसँगको सहमति लगायतका विषयमा केन्द्रीय रहेर काठमाडौंमा गरिएकाे कुराकानीको सारः

मुख्यमन्त्रीसहित तपाईं काठमाडौँ आएर विभिन्न दलका शीर्ष नेता तथा सङ्घीय सरकारका विशिष्ट व्यक्तिहरूलाई भेट्नुभयो केके कुराकानी भयोे ?
–हामी अगामी वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गर्ने अवस्थामा छौैँ । राजपा र फोरमको संयुक्त सरकार छ त्यहाँ । दुइटै पार्टीका शीर्ष नेताहरू काठमाडौँमा हुनुहुन्छ । उहाँहरूसँग सरकारको नीति कार्यक्रम, बजेट, प्रादेशिक महत्त्वका विषयहरू, केही महत्त्वपूर्ण प्रोजेक्टहरू जस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणको बेला एक सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने रकमलगायतका विषयमा छलफल गर्न हामी आएका थियौँ । 

जनमत सङ्ग्रहको कुरा गरेर मधेसमा आन्दोलन गर्ने सीके राउत अहिले चुप छन् किन ? राममनोहर यादवको फोटो लिएर हिँड्ने सीके राउतले सरकारबाट एउटा सहिदसम्म घोषणा गराउन सकेनन् किन ? किन केपी ओलीले सीके राउतलाई बनाउन खोज्दै हुनुहुन्छ ? फोरम नेपाल र राजपा नेपाललाई मधेसमा कमजोर बनाउनका लागि प्रधानमन्त्री ओलीले सीके राउतलाई प्लान्टेड गरेका छन्, जसले केही हुनेवाला छैन । 

दुवै पार्टीका शीर्ष नेताका साथै कूटनीति स्तरमा छलफल गर्नुको साथै सरकारका विशिष्ट व्यक्तिहरू पनि छलफल गरेका छौँ । प्रदेश २ मा लगानी सम्मेलन गर्ने विषयमा परी सङ्घका पदाधिकारीहरू खासगरी सुरेशराज शर्मा, डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेललगायतसँग हामीले भेटेर छलफल गर्यौँ । सोलार क्षेत्रका लागि निजी क्षेत्र लगानी गर्न तयार रहेका छन् । त्यसका विषयमा हामीले छलफल गर्यौँ । 

तपाईंहरूले एक वर्ष सरकार सञ्चालन गर्नुभयो, त्यसको आधारमा भेटघाट गर्नुभयो कि अगामी योजनाका लागि भेटघाट गर्नुभयो ?
–एक वर्षको कार्यकाल सफल रहेको हाम्रो ठहर छ । छ महिनासम्म विनाकार्यालय र विनाकर्मचारी हामीले काम गर्यौँ । विगतमा हामीले दुईवटा बजेट ल्यायौँ, दुईवटा नीति तथा कार्यक्रम ल्यायौँ । त्यतिबेलाका कुरा गर्ने हो भने हामीसँग कुनै पूर्वाधार थिएन, त्यस्तो स्थितिमा पनि हामीले काम गर्यौँ । 

त्यसलाई हामीलाई पुनरावलोकन गर्ने अवसर पायौँ, कहाँ कमजोरी भयो, कहाँ हाम्रो ध्यान पुगेन, के गर्न छुट्यो लगायतका विषयमा हामीले छलफल गर्यौँ । यो एक वर्षको कामका आधारमा हामीले अगामी चार वर्षको यात्रा तय गर्छौं । यो एक वर्षमा हामीबाट भएका त्रुटि सुधार गर्दै थप नीति तथा योजना बनाएर अगाडि बढ्छौँ । यिनै विषयमा छलफल गर्न हामी केन्द्रसम्म आएका हौँ ।

छलफलका क्रममा सुझाव कस्तो पाउनुभयो ?
–उहाँहरूमा पनि उत्साह पायौँ । प्रदेशमा केही हुनुपर्छ भने सोचाइ उहाँहरूमा रहेछ । प्रदेश २ का लागि गर्नुपर्ने कामहरुका विषयमा उहाँहरूले चासो लिनुभयो । हरेक प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । हामीले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेट्यौँ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरूलाई भेट्यौँ । प्रदेश सरकारका लागि थुप्रै सुझावहरू पायौं उहाँहरूबाट । लगानी गर्ने सवालमा हामीले केही महत्त्वपूर्ण व्यक्तिहरूलाई भेट्यौँ । उहाँहरूको पनि महत्त्वपूर्ण सुझाव आयो । 

प्रदेश नम्बर दुईका लागि महत्त्वपूर्ण कुराहरू के के भए ?
–प्रदेश नम्बर दुईको आधार भनेको कृषि हो । कृषिलाई कसरी व्यवस्थित बनाउने, कसरी आधुनिकीकरण बनाउने, धेरैभन्दा धेरै उत्पादन कसरी लिनेलगायतको विषयमा कुराकानी तथा छलफल भयो । 
त्यस्तै, प्रदेश २ लाई विभिन्न हबको रूपमा कसरी विकास गर्ने, जस्तोः आँप हबको रूपमा विकास गर्न सक्छौँ, माछा जोनका रूपमा विकास गर्न सक्छौँ, डेरी जोनको रूपमा विकास गर्न सक्छौँ । एग्रो उद्योगको रूपमा कसरी विकास गर्न सक्छौँ । यिनै विषयमा कुराकानी भएको छ । प्रदेश दुईमा लगानी गर्दा कतिसम्म हामील सहुलियत दिनसक्छौँ । ती विषयहरूमा पनि कुराकानी भएको छ । हामीले करमा सहुलियत दिनसक्छौँ, सुरक्षाका ग्यारेन्टी दिन सक्छौँ । जमिनको ग्यारेन्टी लिनसक्छौँ  । यी विषयमा पनि सरोकारवालासँग छलफल भयो । कनेक्टिभिटीको विषयमा पनि छलफल भएको छ । 

अहिलेको सुझावलाई मनन् गर्ने हो भने एक वर्षको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
–एक वर्षको कार्यकाल पूर्ण रूपमा सफल भएको छ । प्रदेश २ मा हामीले लोकतान्त्रिक संस्कारको स्थापना गर्यौँ । अरू प्रदेशको तुलनामा हामीले सबभन्दा बढी कानुन बनायौँ । प्रदेश सरकारका कार्यालयहरू जिल्लागत स्थापना गर्यौँ । केन्द्रले दिएको निर्देशनभन्दा आफ्नो आवश्यकताअनुसार पनि काम गर्यौँ । 

जीवन्त पार्टीमा सबै सम्भव हुन्छ । मन्त्री हेरफेर हुँदैन, हुनुहुँदैन भन्ने मेरो चाहना होइन । आवश्यकताअनुसार हुनुपर्छ । तर आजभोलि वा दुई तीन महिनामै मन्त्रिमण्डल हेरेरफेर हुँदैन । मन्त्रीहरूलाई काम गर्ने अवसर प्रदान गर्नुपर्छ भन्ने सबै नेताको सामूहिक दृष्टिकोण आएको छ ।

हामीले दुईवटा महत्त्वपूर्ण भ्रमण सफल पार्यौँ । जुन कुनै राम्रो नेटवर्क र बलियो सरकारले मात्र गर्न सक्छ तर हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणलाईसफलतापूर्वक सफल पार्यौँ । त्यसका साथै सरकार समाजमा उभिएको छ । आगलागी हुँदा त्यहाँ पुगेको छ, करेन्ट लागेर मृत्यु हुँदा त्यहाँ पुगेको छ । डोम समुदायका बच्चाले कलेजमा नाम लेखाएका छन् । फी तिर्न नसकेर समस्या हुँदा प्रदेश सरकार त्यहाँ पुगेको छ । समाज कल्याणदेखि लिएर विपद्को समयमा सरकार जनतासामु  पुगेको छ । 

प्रदेश सरकारले काम गरेको भन्नुहुन्छ तर केही काम गरेन भन्दै तपाईंकै पार्टीबाट विरोध भएको छ नि ?
–एउटा जीवन्त पार्टीका लागि यो राम्रो लक्षण हो । जीवन्त पार्टीमा आलोचना, आत्मलोचना हुन्छ । हाम्रा मन्त्रीहरूले राम्रो काम गरेनन् भने कुरा पार्टीमा उठेका छन् । त्यसले हाम्रो मन्त्रीलाई अझ काम गर्न सजिलो बनाएको छ । भएका केही त्रुटिहरूलाई सुधार गर्दै अगाडि बढ्ने मौका प्राप्त भएको छ । त्यसैले पार्टीभित्र सरकारको आलोचनालाई हामीले सकारात्मक रूपमा लिएका छौँ । 

गल्ती कहाँ–कहाँ भए ?
–जनता र पार्टीका कार्यकर्ताको चाहनाअनुसार मन्त्रीले काम गर्न नसकेको गुनासो आएको छ । मन्त्रीहरू अझै छिटो–छिटो कुदोस् भन्ने उहाँहरूको चाहना छ । कामको गति बढाइयोस् भनी उहाँहरूको चाहना हो । 

केही नभएको भए मन्त्री फर्नेसम्मका कुरा कसरी उठे त ?
–जीवन्त पार्टीमा सबैले कुरा उठाउन पाउनुपर्छ । पार्टीमा सबैले बराबर अवसर पाउनुपर्छ भनी कुरा उठ्नु नराम्रो होइन । यसलाई नकारात्मक रूपमा लिन्नँ । मूलभूत कुरा भनेको मन्त्रीहरूले कामको स्पिड बढाउनुपर्छ भन्ने सबैको चाहना हो । 

त्यसोभए जसलाई मन्त्री बन्ने इच्छा छ, उसले मन्त्री फेर्ने कुरा उठाएको हो त ?
–पार्टीमा लागेका सबैलाई केही न केही गर्ने, बन्ने इच्छा हुन्छ । मेरो धारणा पनि यही हो, अवसर सबैले पाउनुपर्छ । 

तपाईंको पार्टीमा मन्त्री हेरफेरको सम्भावना कतिको छ त ? 
–जीवन्त पार्टीमा सबै सम्भव हुन्छ । मन्त्री हेरफेर हुँदैन, हुनुहुँदैन भन्ने मेरो चाहना होइन । आवश्यकताअनुसार हुनुपर्छ । तर आजभोलि वा दुई तीन महिनामै मन्त्रिमण्डल हेरेरफेर हुँदैन । मन्त्रीहरूलाई काम गर्ने अवसर प्रदान गर्नुपर्छ भन्ने सबै नेताको सामूहिक दृष्टिकोण आएको छ । त्रुटीहरू सुधार गर्दै अगाडि बढ्नुपर्छ । हाल मन्त्री हेरफेर हुने सम्भावना छैन । मन्त्री हेरफेर हुँदैन पनि । 

तपाईं अहिले कोर मधेसमा बसेर राजनीतिक गर्नुहुन्छ, रेशम चौधरीको घटनालाई कसरी लिनुभएको छ ?
–रेशम चौधरीको घटना पूर्णरूपले प्रतिशोधमा आधारित घटना हो । न्यायालय सेटिङको स्थितिमा पुगिसक्यो । म मात्रै होइन, काठमाडौँमा बस्ने प्रतिष्ठित व्यक्तिहरूले यो कुरा खुलासा गरिरहनुभएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जस्ता व्यक्तिले यो कुरा भन्न थाल्नुभएको छ । रेशम चौधरीमाथि अन्याय भयो, घटनामा नभएका व्यक्तिलाई मुछ्ने काम भयो भनेर । त्यहाँका जनताले आफ्नो मत दिएर उहाँलाई आफ्नो नेता मानिसके । उहाँ निर्दोेष हुनुहुन्छ भनेर जनताले अनुमोदन गरिसके तैपनि उहाँलाई राज्यबाट पूर्वाग्रही ढङ्गबाट फसाउने काम भएको छ । शाक्ति सन्तुलनको आधारमा मुलुक अगाडि बढ्नुपर्छ भनी हामीले भन्दै आइरहेका छौँ । तर अहिलेको सरकार सर्वसत्तावादतिर उन्मुख देखियो । कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिका नियन्त्रणमा राख्ने प्रयास भयो । 

सीके राउतको विषयमा तपाईंको धारणा के छ ?
–दिन बित्दै जाँदा सीके राउतको बारेमा धेरै कुरा प्रष्ट हुँदै जान्छन् । सीके राउतका सबै कुरा प्लान्टेड (प्रायोजित) जस्तो देखियो । ‘प्लान्टेड प्रोजेक्ट एन्ड प्लान्टेड पर्सनालिटी’ जस्तो भएको छ । कुनै योजनामा सीके राउतलाई काममा लगाएको छ, त्यो कुरा स्पष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मतियार बनाएर मधेसको वास्तविक मुद्दालाई डाइभर्ट गर्न खोजेका हुन् । सीके राउतलाई यसमा असफलताबाहेक अरू केही हात लाग्दैन । 

रेशम चौधरीमाथि अन्याय भयो, घटनामा नभएका व्यक्तिलाई मुछ्ने काम भयो भनेर । त्यहाँका जनताले आफ्नो मत दिएर उहाँलाई आफ्नो नेता मानिसके । उहाँ निर्दोेष हुनुहुन्छ भनेर जनताले अनुमोदन गरिसके तैपनि उहाँलाई राज्यबाट पूर्वाग्रही ढङ्गबाट फसाउने काम भएको छ ।

उनको नीति र नेतृत्वको राजनीतिमा एउटा सिद्धान्त छ । सशस्त्र समूहका मान्छेले मधेसलाई अलग गर्न नसकेपछि सीके राउतलाई मतियार बनाएर पठाएका थिए ओलीले । स्रोत साधन कति चाहिन्छ म लगाउँछु, तिमीलाई हाइट बनाउनका लागि के के गर्नुपर्छ म सबै गर्न तयार छु भनेर ओलीले सीके राउतलाई मधेसमा पठाएका हुन् । नेपालभित्र अधिकार सम्पन्न मधेस प्रदेश बनाउने कि छुट्टै देश बनाउने ? छुट्टै मधेस देश बनाउने हो भने के त्यो एजेन्डा सीके राउतको थियो ? सीके राउतले सरकार समक्ष आत्मसमर्पण गरेका छन् । ५–६ वर्षसम्म मधेसका युवालाई जसरी सीके राउतले गुमराहमा राख्नुभयो, त्यो वास्ताविक चेहरा जनता समक्ष आइपुगेको छ । कहिलेकाहीँ कस्तो हुन्छ भने वास्तविक आन्दोलनको तयारीमा लाग्नुपर्ने अवस्था हुुन्छ । 

राज्यले प्लान्टेड तरिकाले सीके राउतलाई प्रयोग गरिरहेको छ भन्न खोज्नुभएको हो ?   
–हो विल्कुल । सीके राउत प्लान्टेड व्यक्ति हुनुहुन्छ । २००६ तथा २००७ सालतिर नेपाली काँग्रेस स्थापना भएपछि देशमा प्रजातन्त्रका लागि काम गथ्र्यो । प्रजातन्त्रलाई कसरी समाप्त पार्न सकिन्छ भनी त्यसबेला पनि विभिन्न रूपमा मान्छे प्लान्टेड भएको थियो । कम्युनिस्टले दरबारबाट पैसा लिएर कसरी आन्दोलन सञ्चालन गर्थे ? सबै कुुरा मिडियामा आइसकेका छन् । राजा महेन्द्रले प्रजातन्त्र मास्न कसरी फन्डिङ गर्नुभएको थियो, ती सबै कुरा आइसका छन् । स्थापित शक्तिले सीके राउत जस्तालाई प्रयोग गरेर समय समयमा उत्पात मच्चाउने काम गरिरहेका छन् ।

जनमत सङ्ग्रहको कुरा गरेर मधेसमा आन्दोलन गर्ने सीके राउत अहिले चुप छन् किन ? राममनोहर यादवको फोटो लिएर हिँड्ने सीके राउतले सरकारबाट एउटा सहिदसम्म घोषणा गराउन सकेनन् किन ? किन केपी ओलीले सीके राउतलाई बनाउन खोज्दै हुनुहुन्छ ? फोरम नेपाल र राजपा नेपाललाई मधेसमा कमजोर बनाउनका लागि प्रधानमन्त्री ओलीले सीके राउतलाई प्लान्टेड गरेका छन्, जसले केही हुनेवाला छैन । 

सीके राउत मूलधारमा आएपछि राजपा र फोरमलाई चुनौती बढेकै हो ? 
–फोरम र राजपा हावाको पार्टी हो र कसैले फु गर्नेवित्तिकै ढलिहाल्छ । फोरम र राजपा लोकतान्त्रिक मान्यता अनुरूप सङ्घर्षबाट जन्मेका हुन् । सीके राउत त के अरु कसैले फु गर्दैमा समाप्त हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप