शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो’

शुक्रबार, ०८ चैत २०७५, ०९ : ३८
शुक्रबार, ०८ चैत २०७५

बीबीसी
फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार कर्मचारीका लागि उपलब्ध भएको एक नयाँ रिपोर्टले बताएको छ ।

डाटा सुरक्षाको यो विफलताबारे सेक्युरिटी रिसर्चर ब्रेन क्रेब्सले जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म प्लेन टेक्स्टमा स्टोर गरेर राखिएको थियो ।

सन् २०१२ मा बनाइएका फेसबुक अकाउन्टका पासवर्ड पनि सार्वजनिक भएका हुनसक्ने उनले बताएका छन् ।

एक वक्तव्य जारी गर्दै फेसबुकले आन्तरिक नेटवर्कमा आफसे आफ पासवर्ड स्टोर हुने समस्या समाधान भइसकेको जानकारी दिएको छ ।

क्रेब्सको यो सूचनापछि फेसबुकका इन्जिनियर स्कट रेन्फ्रोले फेसबुकको आन्तरिक अनुसन्धानपछि उक्त पासवर्डको कुनै दुरुपयोग नभएको बताएका छन् ।

फेसबुकले यो समस्याबारे गत जनवरीमा नियमितको सुरक्षा समिक्षाका बेला पत्ता लगाएको जानकारी दिएको छ ।

यो समस्याबाट फेसबुक लाइटका प्रयोगकर्ता प्रभावित भएको फेसबुकले बताएको छ । जुन देशमा इन्टरनेट स्लो छ, त्यहाँ फेसबुक लाइट प्रयोग गरिन्छ ।

‘हामी फेसबुक लाइटका करोड बढी प्रयोगकर्ता, लाख बढी अन्य फेसबुक प्रयोगकर्ता र हजार बढी इन्स्टाग्रामका प्रयोगकर्ता यसबाट प्रभावित भएको जानकारी दिने तयारीमा छौं,’ फेसबुकले रोयटर्सलाई बताएको छ ।

पछिल्लो वर्षको सेप्टेम्बरमा फेसबुकमा समस्या देखिएपछि ५ करोड प्रयोगकर्ताको जानकारी सार्वजनिक भएको थियो ।

यस्तै, २०१८ को सुरुवातमा लाखौं फेसबुक प्रयोगकर्ताका जानकारी डाटा साइन्स कम्पनी क्याम्ब्रिज एनालिटिकाले प्रयोग गरेको बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप