शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किरणको सानदार प्रदर्शनमा झुक्यो कुवेत

शुक्रबार, ०८ चैत २०७५, ०८ : ३३
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ । बिहीबार राति भएको खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङले सानदार प्रदर्शन गरेसँगै तुलनात्मक रुपमा बलियो कुवेत बराबरीमा रोकिएको हो ।

अधिकांश समय नेपालको पोस्टमा बल खेलाएको कुवेतको एक दर्जन प्रहारलाई किरणले विफल बनाएका थिए । कुवेत ६१ औं मिनेटमा पाएको पेनाल्टीमा समेत चुकेको थियो । नेपालका अजित भण्डारीले डिबक्सभित्र फल खेलेपछि रेफ्रीले कुवेतलाई पेनाल्टी दिएका थिए । कुवेतका खेलाडीको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।

नेपालले ८४ औं मिनेटमा एउटा राम्रै मौका पाएको थियो । कुवेतका गोलरक्षक पोस्ट छाडेरअगाडि बढेको बेला विमल रानाले खाली पोस्टमा गोल गर्ने मौका गुमाए । खेलको अन्तिमसम्म लगातार पोस्ट प्रहार गरेको कुवेत अन्ततः गोलरक्षक किरणसँग झुक्न बाध्य भयो । 

कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले डेब्युको अवसर पाएका थिए । रवि पासवान, सन्तोष तामाङ, सुरज विक, अजित भण्डारी र विमल रानालाई प्रशिक्षक योहान कालिनले मौका दिएका थिए । नेपालले सोमबार कुवेतसँग दोस्रो खेल खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप