बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५०० गाडीको र्‍यालीसहितको विश्व रेकर्ड

बिहीबार, ०७ चैत २०७५, २० : ५८
बिहीबार, ०७ चैत २०७५

प्रयागराज । भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्‍याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । 

कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । 

यस अगाडि यसैगरी सबैभन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबूधाबीमा विश्व रेकर्ड कायम गरिएको थियो । 

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ । 

युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप