‘नेपाल लोक स्टार’को बजार प्रवर्धन र बिक्रि वितरण एड प्याडले गर्ने
काठमाडौं– चाहना मिडियाद्वारा संचालित ‘नेपाल लोक स्टार’ कार्यक्रमको मुख्य बजार प्रवर्धन र बिक्रि वितरणको जिम्मा एड प्याडले लिने गरी सम्झौता भएको छ । सम्झौतामा एड प्याडको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाबीच हस्ताक्षर भएको छ ।
‘नेपाल लोक स्टार’ नेपालीहरुको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाइ उजागर गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरेको छ ।
यस कार्यक्रमका निर्णायक मण्डलमा जय नन्द लामा, बीबी अनुरागी, रामजी खंड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेक्षा खड्का र लोक गायक अशोक धितालले गरेका छन् ।
कार्यक्रममा साइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनौट प्रक्रिया हुनेछ । ‘नेपाल लोक स्टार’ जेष्ठ २५ गतेबाट हरेक हप्ता शनिबार र आइतबार एपी वान टिभीबाट प्रशारण हुनेछ । यस कार्यक्रममा ३१ शृंखला रहने र तेश्रो, दोश्रो र पहिलो बिजेताहरुले क्रमश दश लाख, पच्चिस लाख र पचास लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण