केन्द्रीय संस्करण

दायाँतिर अंकमाल वायाँतिर लात्ती : नयाँ समयमा पुरानै चटक

person explore access_timeचैत ७, २०७५ chat_bubble_outline0
www.quora.com
मुक्तिबन्धु

रातोपाटी

(१) कुम्भकर्णको भुँडी । पुराना रामायणहरुमा कुम्भकर्णका भुँडीको विस्तृत चर्चा गरिएको पढ्न पाइन्छ । वेला वेला लङ्काको राजकीय सभामा रावण पनि भन्थ्यो, भुँडी हुनु त हाम्रो भाइ कुम्भकर्णको जस्तो हुनु । उसको भुँडीमा के छैन ? स्वर्गको नन्दन बन, ऐरावत हात्ती, उच्चैःश्रवा घोडा, पहेँला, हरिया, राता, सेता र छिरबिरे रङ्गका विविध खाले खाद्यपेय पदार्थ, पृथ्वीका तमाम सुनचाँदी सवै सवै उसका भुँडीमा खातका खात  भित्रिएका छन् । विश्वव्रह्माण्डका तमाम सुखसमृद्धि उसका भुँडीमा खात लागेका छन् । अटेस्मटेस् छन् । उ तृप्त छ । यसैभएर उ वर्षको ६ महिना त खोपीमा  मस्तसँग सुत्छ र सपना मात्रै देख्छ ।

रावणका ठट्यौला कुरा सुनेर सभामा बसेका सवै राक्षसहरु मुक्तकण्ठले हाँस्थे ।

एक दिन लङ्काकै राजकीय सभामा लामो निःश्वास छोड्दै रावणले भन्यो, यत्रो समुद्र पार गरेर वानरसेनाका साथ धनुर्धारी राम लक्ष्मण चढाइका लागि हाम्रो राजधानी लंङ्का पस्दासम्म पनि भाइ कुम्भकर्ण निद्रामै छ । सपनामै छ । गएर हेर, गजधम्म पल्टिएको भयङ्कर पहाडजत्रो छ उसको भुँडी । उसको भुँडी श्वासप्रश्वासमा तलमाथि गर्दाको दृश्य हेर, पहाडमा भयङ्ंकर भूकम्प जाँदाको कम्पन दृश्यसँग मिल्छ । उसका कानहरु घैंटाजस्ता छन् । कानेगुजी भरिएका छन् । केही सुन्दैनन् । पीडितका आवाज त सुन्दैसुन्दैनन् । उ आफैं कति भीषण आवाज निकालेर घुर्छ । घुर्दाका श्वासप्रश्वासमा कति गज्जव देखिन्छ उसको नाकका पोहरा । सपनामा यदाकदा हाइ गर्दा उसको मुख ओडारले आँ गरेजस्तो देखिन्छ । यो सवै भीषणता आजको हाम्रो लङ्काको लागि के काम ? के प्रयोजन ? उ ६ महिनामा एक पटक उठ्छ त भोकको भकारी बोकेर उठ्छ । आफ्नै भुँडी भर्नका लागि उठ्छ । भुँडी भछर्, फेरी सुत्छ । उसका सपना जतिसुकै सुन्दर अथवा जतिसुकै विद्रूप किन नहुन् ती हाम्रा लागि कामका छैनन् । हामी हाम्रै विपनामा छौ । विपनाको सामना गर्दैछौं । उ सपनाको रासलीलामा छ । ठीक छ । सुतोस् ! अभैm देखोस् सपना ! युद्ध घनीभूत हुँदै गएपछि उठ्न त एक दिन त्यसले पनि पर्छ ! अवश्य पर्छ !!

नभन्दै युद्ध घनीभूत हुँदै गएपछि राक्षस सेनाको र बानर सेनाको सम्युक्त कोलाहल आवाज सुनेर कुम्भकर्ण एक दिन उठ्यो । उसले उठ्ने रुटिनका दिनभन्दा अगाडि नै उ उठ्यो । “अव मैदानमा निस्की । भोक लागेको छ भने यिनै बाँदर खाएर पेट भर !” आक्रोषित  रावणको आदेश वातावरणभरि गुन्जित भयो ।

कुम्भकर्णले वरिपरि आँखा घुमाएर हेर्‍यो । उसलाई युद्धको वानरमय वातावरण रमाइलै लाग्यो । उसले पहिले पहिले पनि खाएको थियो बाँदर । उसले एक एक वाँदर टिपेर मुखमा फाँको मार्न थाल्यो । युद्धका कारण उसलाई अहिले चपाइरहने फुर्सत भएन । सिंङ्गै निल्दै गयो । पहिले पहिले त सिङ्ंगासिङ्ंगै निल्दा पनि पचाउँथ्यो । यस पटकका वाँदर त्यस्ता सुपाच्य परेनन् । पेृटमा पुगेका वाँदरले चिथोरेर कोपरेर कुम्भकर्णका आन्द्रा चुँडाले । एक जना बाँदरले त उसको मुटूमै लात हान्यो । बाँदरहरु भकाभक उसका भुँडी फोरेर फटाफट बाहिर निस्के । छताछुल्ल भुँडीको कुम्भकर्ण अनायास ढल्यो । ढलेपछि कहिल्यै उठेन ।

यति हुँदा पनि कुम्भकर्णका भुँडीको महिमागायन भने रोकिएन । सित्तैमा अरुको पाए, भ्याएम्म जथाभावी खाने, हसुर्ने र उकुस्मुकुस् अघाएपछि पचाउनका लागि कुम्भकर्णलाई सम्झेर भुँडी सुमसुम्याउने चलन विशेषतः पुरेत पण्डित समाजमा अद्यावधि कायमै छ

आज हामीकहाँ रामायणको त्यही कुम्भकर्ण त छैन तर कुम्भकर्ण राजनीति छ । यसका विशिष्ट कथा व्यथाहरु आफ्नै छन् । नेपाली जनता आज यहाँका सत्तासीनहरुले गरेका वाइड बडी लगायतका भ्रष्टाचारका रावणायन बखान सुनिरहेका छौं । रामायणका कुम्भकर्णको भुँडी र त्यसको मार्मिक अवसान पनि सम्झिरहेका छौं ।

यसैबीच राजनीतिक मन्चमा भ्रष्टाचारका कथालाई घामबाट तानेर छायामा आराम गराउने प्रयत्नको प्रहसन मन्चन पनि  कम उत्सुकताजनक देखिएको छैन  ।

वर्तमानका सत्तासीनहरुका तीव्र गतिमा सन्चालित  राजनीतिक विकास कार्यक्रमहरु देख्दा र भाषणहरु सुन्दा अव हामी नेपाली जनताका दुवै हातमा सुखसमृद्धि नामका भकारीहरु आइपुग्ने पक्का भइसकेको आभास पाइन्छ । बरु हामी गरीव निर्दा दुब्ला नेपाली जनताका साना साना हातले सुखसमृद्धि नामका अपरिचित सामग्रीका त्यति ठुला ठुला भकारी कसरी थाप्ने ? कसरी थाम्ने ? समस्या गम्भीर छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्तुत सुखसमृद्धिको नयाँ व्याकरण पढ्न, बुझ्न हामी सर्वसाधारण जनतालाई फलामको च्यूरा चपाउनुजत्तिकै कठिन भएको छ । किन भने यस व्याकरणमा हामीले बोलिरहेको भाषा र बाँचिरहेको जीवन छैन ।

सारसङक्षेपमा भन्नु पर्दा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्तुत  सुखसमृद्धिको नयाँ व्याकरण पढ्न, बुझ्न हामी सर्वसाधारण जनतालाई फलामको च्यूरा चपाउनुजत्तिकै कठिन भएको छ । किन भने यस व्याकरणमा हामीले बोलिरहेको भाषा र बाँचिरहेको जीवन छैन ।

२) सामन्तहरु र साविती वयान । यी दुई अमिल्दा कुरा हुन् । सामन्तहरु गल्ती गर्न सक्छन्, सँच्याउन सक्दैनन् । किनभने सामन्तहरु आफ्नो गल्ती स्वीकार्नै सक्दैनन् । सामन्तहरु आपूmलाई सुपर ठान्छन् । सुपरहरु आफ्ना गल्तीलाई पनि पराक्रम सावित गर्न अघिसर्छन् । यहीँनिर सामन्त र समझदार जनसाधारणका बीच फरक छुट्टिन्छ । समझदार जनसाधारणहरु आफ्ना गल्ती सकार्न र सँच्याउन सदा सर्वदा तैयार रहन्छन् । सामन्तहरु चिप्लेर पछारिँदा पनि ‘पछारिएँ !’ भन्दैनन् ‘माटो कत्तिको नरम छ छाम्न मन लागेर छामिहेरेको !’ भन्छन् । यो सवैजसो सामन्तहरुको चारित्रिक विशेषता नै हो ।

सरकारमा रहेका र सरकारले पत्याएका जति असल मान्छे, बाँकी खराब मान्छे ! यो पनि सामन्त शासकहरुको मान्यता हो । यस मान्यताका शासकीय करामतहरु विगतका राणाकाल र पन्चायतकालमा नेपाली जनताले देखेभोगेका यथार्थ हुन् ।

सम्विधानको लेखोट अनुसार त आज हामी राणाकाल र पन्चायत कालमा छैनौं, लोकतान्त्रिक गणतन्त्र शासनकालमा छौं ।  सत्तासीनहरुको ठान,मान,शान,एवम् सबारी शैली देख्दा र हुङ्कार सुन्दा हामी अभैm राणाशासनकालमै त छैनौं जस्तो पनि लाग्छ ।

भर्खरैको एउटा प्रसङ्ग । नेपाली जनताले नितान्त अश्लील र आपत्तिजनक सुनिआएका सीके राउतलाई अचानक नेपाल सरकारले पत्यायो । उनले आफ्ना अक्षम्य गल्तीहरुबापत विनयपूर्वक क्षमायाचना नगरे पनि सरकारले आफ्नै ठान्यो । पत्यायो । विगतको मात्र होइन, वर्तमानकै सम्विधान र ऐनले पनि मुलुकको विखण्डनप्रयासलाई क्षम्य अपराध मान्दैन । तर पनि वर्तमान सत्तासीनहरुको माया ममता र उदारताले उनी कारामुक्त भए । कारामुक्त मात्र पनि भएनन्, रातारात शासनदरबारको स्वागतपात्र पनि बनाइए । यसको ठीक भोलिपल्ट सरकारले उनीसँग ११ बुँदे सम्झौता पनि ग¥यो । सम्झौता मात्र पनि गरेन, त्यस सँझौतामा सम्विधान र कानुनका दृष्टिमा आपत्तिजनक ठहरिन सक्ने शव्द, शव्दावली पनि राख्यो ।

चटके शैलीमा सम्पादित यस सम्झौताको कतिले स्वागत गरे । कतिले सम्झौतामा प्रयोग गरिएका आपत्तिजनक शव्द, शव्दावलीहरुमाथि प्रश्न उठाए । राउतले गलत बाटो छोडेर बाटोमा आउनुप्रति कसैको विमति रहने कुरै थिएन । विमति त सम्झौतामा प्रयुक्त शव्द, शव्दावलीमा थियोे ।

आपत्तिजनक शव्दप्रयोग सहितको सम्झौता कार्यक्रममा सम्माननीय प्रधानमन्त्री स्वयम् अघि सरेर राउतका क्षमता र वुद्धिमत्ताको मुक्तकण्ठले प्रशंसा गर्नु उनका सरोकारवालाहरुका लागि घतलाग्दो घटना हुन सक्छ । जनसाधारणका लागि यो विरुदावली कुनै चासोको विषय रहेन । विरुदावली पनि सामन्त, महासामन्त परम्परामा चलिआएको एउटा शासकीय शव्दालङ्कार नै हो । यो एक किसिमको स्तुतिसाहित्य हो ।

आपत्तिजनक शव्दप्रयोग सहितको सम्झौता कार्यक्रममा सम्माननीय प्रधानमन्त्री स्वयम् अघि सरेर राउतका क्षमता र वुद्धिमत्ताको मुक्तकण्ठले प्रशंसा गर्नु उनका सरोकारवालाहरुका लागि घतलाग्दो घटना हुन सक्छ । जनसाधारणका लागि यो विरुदावली कुनै चासोको विषय रहेन । विरुदावली पनि सामन्त, महासामन्त परम्परामा चलिआएको एउटा शासकीय शव्दालङ्कार नै हो । यो एक किसिमको स्तुतिसाहित्य हो । हाम्रो मुलुक स्तुति साहित्यमा गरीब मुलुक होइन । पाठ गर्न चाहनेहरुका लागि बजारमा थरी थरकिा स्तोत्रहरु अर्थात् स्तुतिसाहित्यहरु आज पनि पाइन्छन् । स्तुतिसाहित्यका लहरमा प्रधानमन्त्री ओलीप्रणीत सीके राउत स्तुतिपाठ एउटा थपियो । विश्वास हुनेले पाठ गर्छन् नहुनेले गर्दैनन् । यो कुनै आपत्तिजनक कुरा होइन ।

आपत्तिजनक त सरकारले राउतसँग गरेका सम्झौतामा प्रयोग गरिएका दुई शव्दहरु छन् (१) जनअभिमत (२) स्वशासन । यी शव्दहरु नेपालको सम्विधान अनुसार नेपाल सरकारले कुनै कसैसँगको सम्झौतामा स्वेच्छाले प्रयोग गर्न सकिने शव्दहरु होइनन् । सम्विधानका ढोकाकाबाट नछिर्ने शव्दहरु प्रयोग गरेर सम्झौता गर्न नेपाल सरकारलाई अधिकार छैन । अधिकारबाहिर गएर सरकारले यी शव्द किन प्रयोग गर्‍यो ? देशभक्त नेपाली जनताको विमति यसमा हो ।

जनताको विमति जनताको चासो हो । मुलुकप्रति जनताको चासोमा सत्तासीनहरु उतर्सिनु पर्ने कुनै कारण छैन । जननिर्वाचित सरकारले जनताप्रति दायित्वशील हुन सक्नुपर्छ । गल्ती होइन भने यो यो कारणले होइन भनेर जनतालाई स्पष्टी करण दिनुपर्छ । गल्ती हो भने समयमै सुधार्नु पर्छ । नेपाली जनता जतिसुकै सहनशील भए पनि जननिर्वाचित सरकार सार्वभौम जनतालाई हेपेर राणाशासनको शैलीमा चल्न खोज्छ भने त्यो एक हास्यास्पद प्रयास मात्र हुन सक्छ ।

(३) थप हाउगुजी निर्माण । जनता शान्ति चाहन्छन् । सुरक्षा चाहन्छन् । शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व हो । यसैका लागि जनताले सरकारलाई आफ्नो रगतपसिना उबाएर कर तिरेका छन् । सरकारले मुलुकमा अल्झे–बल्झेका समस्याहरुको शान्तिपूर्ण समाधान नखोजेर विभिन्न बहाना खडा गर्नु उपचारकौशल होइन । अहिले सत्तामा रहेको कम्युनिष्ट पार्टीले सत्ता बाहिर रहेको अर्को पार्टीमाथि प्रतिबन्ध लगाउनु कौशलहीनताकै नतिजाका रुपमा  देखिएको छ ।

कल्पना गरौं, आजको नेकपाका अध्यक्ष के०पी० ओली नेतृत्वको नेपाल सरकार हिजोको ज्ञानेन्द्रकालीन शेरवहादुर नेतृत्वको सरकारकै पाइला पच्छ्याएर हिँड्न खोज्यो भने कस्तो देखिएला ? अहिले गृहमन्त्रीका कुर्सीमा देवेन्द्रराज कडेल छैनन् । राम बहादुर थापा बादल जो छन् । जो देखिएका छन् ती तिनै नभएर कोही अरु नै हुन् भने अनुमान बेग्लै पनि लगाउन सकिन्छ । अन्यथा निषेधको बाटो हिँड्दा भेटिने त निषेध नै हो । कतिपय राजनीतिक विचारकहरु बिलखबन्द पनि देखिन्छन् । जनसाधारणहरुले त सरकारमा रहेकाहरुको प्रवृत्ति देखेर लख काटेका पनि हुन् । हेरौं, भविष्यले के प्रमाणित गर्छ ।

जनताले लख काटेको अर्को एउटा पक्ष पनि छ, सत्तासीनहरुमा मुलुकको शान्ति सुरक्षा कायम राख्न, विकास निर्माण गर्न र जनताको भाग्यभविष्य सुन्दर बनाउन अन्यमनष्कता बढेपछि अथवा बाटो बिरिँदै गएपछि किंकर्तव्यविमूढ सरकारका लागि जनतालाई तर्साउन एउटा बनिबनाउ हाउगुजी चाहिन्छ । अहिले एउटा हाउगुजी त सरकार आफैंले तैयार गरेर जनमानसमा ठड्याएकै छ । पार्टी प्रतिबन्धका नाममा थप अर्को हाउगुजी निर्माणमा पनि सरकार गति छोडेर गतिशील बन्ने तरखरमा देखिनु पनि त्यस दृष्टिले अस्वाभाविक छैन ।

सारमा आजका यी सवै परिदृश्यहरु नेपाल र नेपालकिा लागि दुर्भाग्यका सूचकहरु हुन् । जति घुमेपनि आखिर रुम्जाटार भन्ने  निराशाजनक वृत्तलाई जनमानसमा पुनः पुनः दा्हो¥याउन खोज्नु समाजबादोन्मुख सम्विधान अन्तर्गत बनेको लोकतान्त्रिक सरकारका लागि शोभाजनक क्रियाकलाप होइन ।

एक्काइसौं शताव्दीको जननिर्वाचित सरकारको शासन प्रशासन यन्त्रले रामायण कालका कुम्भकर्णको भुँडीजस्तो बनिदिनु शोभाजनक भएन । सरकार भनेको जनताको अभिभावक हाे, विवेकनिरपेक्ष भुँडी होइन ।

(४) पुनः एक पटक कुम्भकर्णकै भुँडीको कुरा गरौ. । महात्मा बुद्धको जन्मदेश नेपालमा एक्काइसौं शताव्दीको जननिर्वाचित सरकारको शासन प्रशासन यन्त्रले रामायण कालका कुम्भकर्णको भुँडीजस्तो बनिदिनु शोभाजनक भएन । सरकार भनेको जनताको अभिभावक हाे, विवेकनिरपेक्ष भुँडी होइन ।

(ऋषि अगस्त्य आज्ञा गर्नुहुन्छ हे बावु कुमार, उहिले,उहिले पुराणमा गन्धमादन पर्वत हुन्थ्यो । त्यहाँ श्रीखण्डका वृक्षहरु हुन्थे । श्रीखण्ड वृक्षका सामीप्यले गर्दा त्यस पर्बतमा जति पनि अन्य विभिन्न वृक्षहरु हुन्थे ती सवै सुगन्धमय बन्थे । आज नेपालमा धमिजा लाउडादेखि वाइडबडीसम्मका नयाँ नयाँ गन्धमादन पहाडहरु ठडिएका छन् । कति त सुनैसुनका पहाड पनि छन् । भ्रष्टाचार, कमिसन र तस्करीका बलमा ठडिएका यी पहाडहरु राजनेता, कार्यकर्ता र समर्थकहरुका लागि आयआर्जनका सुरभित क्षेत्र बनेका छन् ।

यी पहाडका टुप्पादेखि बेसीका फाँटहरुसम्म  ढाकेर मौलाएका विषवृक्षहरुले आजको राजनीतिक निकुन्ज व्यापक र घनीभूत भएको छ । निकुन्जमा विशेषतः ब्वाँसाहरु र भेडिया ब्वाँसाहरुको जगजगी छ । सर्वसाधारण शाकाहारी प्राणीहरुका लागि पीडाकुन्ज बनेको यस निकुन्ज र वरिपरिका  लेक बेसी पहाड कतै पनि सदाचारका अमृतवृक्षहरु मानौं उम्रनै सक्दैनन् । कतै उम्रेछन् भने पनि हुर्कँदा भ्रष्टाचारकै वृक्ष बनिसकेका हुन्छन् । यो नयाँ नयाँ गन्धमादन सहितका राजनीतिक निकुन्जको बेजोड प्रभाव हो ।

निकुन्ज क्षेत्रमा अरु जे भए पनि अन्यायी अत्याचारी तथा भ्रष्टाचारीहरुमाथि दणडात्मक कार्बाही हुँदैन । बरु बेला बेला स्वागत सत्कार र पुरष्कारका कार्यक्रमहरु आयोजित हुन्छन् । यिनै यस्तै सांस्कृतिक स्खलनकारी करामातका कारण पौराणिक इतिहासमा दुःशासनहरुले पनि सुशासनका तक्मा भिर्दै आएका हुन् । 

समृद्धिपुराणमा अगस्त्य ऋषि पुनः आज्ञा गर्नुहुन्छ, हे बावु कुमार, शास्त्रहरु आफैं बनेका छैनन्, बनाएरै बनिआएका छन् । वेदहरु प्नि कसैले बनाएर सुनाएकै कारण श्रुति भनिएका हुन् । सुनेका कुरा सम्झनुकै नाम स्मृति हो । पहिले श्रुति र स्मृतिका आधारमा मानिसहरु सदाचारका खुड्किला उक्लन बल गर्थे । सदाचारमा उभिएर विवेकले काम लिन प्रयत्न गर्थे । नेपाल लगायत दक्षिण एशियाका कतिपय भूखण्डहरुमा कुनै कालखण्डमा वेद, स्मृति, सदाचार र विवेक, यी चार मानव धर्मका परिभाषा नै पनि बनेका थिए ।  समयका अन्तरालमा संहिताकरण गर्दा वेदमा सत्तासीन वर्गका स्वार्थ निर्देशनमा जनविरोधी बुँदाहरु थपिए । वेदका कति पुराना पद्यहरुको अन्यथा अर्थ लगाइए । समाजका शोषक सामन्तहरुका इसारामा स्मृतिहरुमा पनि जथाभावी परिवर्तन गरिए । आदिम मानव सभ्यताका सहृदय समाजले युगौंको मेहनतबाट तैयार गरिएका सदाचारका नियमहरु  भित्ता लाग्दै गए ।

शासकहरुबाट विवेक उन्मूलनका अनेकन अभियान चलाइए । वर्गीयता, जातीयता र त्यस आधारमा समर्थबाट असमर्थका शोषण उत्पीडनको अत्याचारी, अनाचारी संस्कृति जन्माइयो, हुर्काइयो ।  देव असुर आर्य अनार्य जात, जाति, वर्ण, आश्रम, धर्म नामका विविध सम्प्रदाय सवै निर्मित हुन् । प्राकृत होइनन् । प्राकृत रुपमा त मानव जाति एक हो । एउटै वंशको वितान हो ।

अगस्त्य ऋषि आज्ञा गर्नुहुन्छ, हे बावु कुमार, आज नयाँ पुराना शास्त्रहरु जति छन् ती सवै बनाएरै बनेका हुन् । शास्त्रले तोके बमोजिमका चलनहरु पनि चलाएरै चलेका हुन् । तिनमा सुधार र परिवर्तनको गुन्जाइस पहिले पनि थियो, आज पनि छ । जसरी घर, शहर र सडकहरु आफैं बन्दैनन् बनाएर बन्छन् । अनुकूल नहुँदा  समय समयमा परिवर्तित हुन्छन् । प्रयोग एवम् आवश्यक मर्मत सम्भारले कति दीर्घ कालसम्म कायम रहन्छन् । कति रहँदैनन् । मानिसले इतिहासमा धेरै उकाली ओराली पार गरिआएको छ । धेरै दुःखकष्ट भोगि आएको छ । समाज वर्गीय बनेपछि मान्छेका अनुहारका जुका हिजो पनि थिए आज पनि छन् । तिनका विरुद्ध संघर्ष हिजो पनि थियो, आज पनि छ ।

जनता उत्तरोत्तर जागरुक बन्दै छन् । जनताले आफ्नो वेद आफैं लेख्न संघर्ष गरिआएका हुन् । आफ्नो आचरण आफैं निर्क्यौल गर्न संघर्ष गरिआएका हुन् । अवका दिनमा जनताले आफ्नो वेद आफैं लेख्छन् । आफ्नो बाटो आफैं खन्छन्, आफ्नो गाडी आफैं हाँक्छन् ।

मानवसमाज अँध्यारोबाट उज्यालोतिर अघि बढिआएकोे छ  । हिजोभन्दा आज द्रुत गतिले अगाडि बढेको छ । जनता उत्तरोत्तर जागरुक बन्दै छन् । जनताले आफ्नो वेद आफैं लेख्न संघर्ष गरिआएका हुन् । आफ्नो आचरण आफैं निर्क्यौल गर्न संघर्ष गरिआएका हुन् । अवका दिनमा जनताले आफ्नो वेद आफैं लेख्छन् ।  आफ्नो बाटो आफैं खन्छन्, आफ्नो गाडी आफैं हाँक्छन् । आजको विषमता र विद्रूप जो छ त्यो चिरस्थायी होइन । बावु यो विकृति विसङ्गति पाल्ने निकुन्ज पनि चिरस्थायी होइन । सत्तासीनहरुको दम्भ पनि चिरस्थायी होइन । धर्तीमा यस्ता शासक धेरै आए धेरै गए बावु, यथास्थितिलाई काखी च्याप्ने र परिवर्तनलाई लात हान्न खोज्ने शासकहरु धेरै आए । धेरै गए । धर्ती चिरस्थायी छ बावु, जनता चिरस्थायी छन् । परिवर्तन शास्वत छ । शासकहरु त पानीका फोका हुन् । आज छन् भोलि छैनन् ।

इति श्री सुखसुखसमृद्धि पुराणे नेपाल खण्डे अगस्त्यकुमार सम्वादे षष्टोध्यायः ।)

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...