राजदूत पाण्डेबाट मलेसियाका राजा अगोङसमक्ष ओहोदाको प्रमाणपत्र पेस

मलेसिया– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका राजा याङ दि–परतुयान अगोङ १६औं, अल–सुल्तान अब्दुल्ला रिया–यातुद्दीन अल–मुस्तफा विल्लाह शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बिहीबार क्वालालम्पुरमा आयोजित एक विशेष समारोहमा राजदूत पाण्डेले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । कार्यक्रममा राजदूत पाण्डेले राजा अगोङसँग शिष्टाचार भेट समेत गरेका छन् । शिष्टाचार भेटलगत्तै राजदूत पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली तथा नेपाली जनताका तर्फबाट मौसुफको व्यक्तिगत सुख र स्वास्थ्य तथा मलेसियाली जनताको निरन्तर प्रगति र सम्मृद्धिको शुभेच्छा जाहेर गरेका छन् । त्यसक्रममा राजदूत पाण्डेले आफ्नो कार्यकालमा नेपाल र मलेसियावीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न गर्ने बताए ।
उनले मलेसियामा ठुलो संख्यामा रहेका नेपाली श्रमिकहरुको उपस्थिति र दुवैतर्फका पर्यटकहरुको बढ्दो आवतजावतले दुई देशलाई जनस्तरमा जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले हालैका ऐतिहासिक राजनीतिक परिवर्तनपछि भएको राजननीतिक स्थिरतासँगै नेपाल पूर्ण रुपमा आर्थिक सम्मृद्धि र विकासमा केन्द्रीत भएको बताए ।
राजा अयोङले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राजदूत पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै राजदूत पाण्डेमार्फत नेपालका राष्ट्रपति र नेपाली जनताको सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
राजदूत पाण्डे यसअघि सन २०११ देखि २०१५ सम्म साउदी अरेबियाका लागि नेपाली राजदूत बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थ औँसीको अवसर पारेर स्मिता दाहालले ल्याइन् ‘आमा’ गीत
-
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
-
राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी
-
हवाई सेवा विधेयकमाथि प्रारम्भिक स्वीकृति, मन्त्री पाण्डे भन्छन्, ‘क्यान टुक्र्याउन मात्रै विधेयक ल्याएको होइन’
-
विज्ञहरू भन्छन् – स्वाधीनता रक्षाका लागि नयाँ लडाइँ लड्नुपर्ने आवश्यकता भयो
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा