शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूत पाण्डेबाट मलेसियाका राजा अगोङसमक्ष ओहोदाको प्रमाणपत्र पेस

बिहीबार, ०७ चैत २०७५, १६ : ०२
बिहीबार, ०७ चैत २०७५

मलेसिया– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका राजा याङ दि–परतुयान अगोङ १६औं, अल–सुल्तान अब्दुल्ला रिया–यातुद्दीन अल–मुस्तफा विल्लाह शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

बिहीबार क्वालालम्पुरमा आयोजित एक विशेष समारोहमा राजदूत पाण्डेले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।  कार्यक्रममा राजदूत पाण्डेले राजा अगोङसँग शिष्टाचार भेट समेत गरेका छन् । शिष्टाचार भेटलगत्तै राजदूत पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली तथा नेपाली जनताका तर्फबाट मौसुफको व्यक्तिगत सुख र स्वास्थ्य तथा मलेसियाली जनताको निरन्तर प्रगति र सम्मृद्धिको शुभेच्छा जाहेर गरेका छन् । त्यसक्रममा राजदूत पाण्डेले आफ्नो कार्यकालमा नेपाल र मलेसियावीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न गर्ने बताए ।

उनले मलेसियामा ठुलो संख्यामा रहेका नेपाली श्रमिकहरुको उपस्थिति र दुवैतर्फका पर्यटकहरुको बढ्दो आवतजावतले दुई देशलाई जनस्तरमा जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले हालैका ऐतिहासिक राजनीतिक परिवर्तनपछि भएको राजननीतिक स्थिरतासँगै नेपाल पूर्ण रुपमा आर्थिक सम्मृद्धि र विकासमा केन्द्रीत भएको बताए ।

राजा अयोङले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राजदूत पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै राजदूत पाण्डेमार्फत नेपालका राष्ट्रपति र नेपाली जनताको सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

राजदूत पाण्डे यसअघि सन २०११ देखि २०१५ सम्म साउदी अरेबियाका लागि नेपाली राजदूत बनेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप