शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो ५जी स्मार्टफोनले पायो ५जी सीई सर्टिफिकेट

बिहीबार, ०७ चैत २०७५, १६ : ०२
बिहीबार, ०७ चैत २०७५

काठमाडौं– ओपोकोे पहिलो ५जी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित ५जी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएको कम्पनीले घोषणा गरेको छ । यससँगै कम्पनीको पहिलो ५जी स्मार्टफोनलाई सिटीसी एडभान्स्ड जिएमबीएचद्वारा ५जी सीई सर्टिफिकेट प्रदान गरिएको छ । 

स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सिटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डिसी कम्बिनेसन ५जी स्मार्टफोन पनि हो । यस फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ । 

यो प्रमाणिकरणलाई यूरोपमा ५जी स्मार्टफोनको ब्यवसायिक लञ्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ । 

‘यो प्रमाणिकरण फाइभजी विकासमा ओपोका लागिएक महत्वपूर्ण कोशेढुङ हो । निरन्तर प्राविधिक नवप्रबर्तनका साथ हामी उत्साहपूर्वक फाइभजी स्मार्टफोनको ब्यवसायिकरणका लागि बृहत्तरुपमा तयारी गरिरहेका छौँ ।’

ओपोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा हेड अफ विजनेस ओभरसिज मार्केट, एलेन वुले भने, ‘उपभोक्तालाई ५जीसँग थप नजिक ल्याउनका लागि स्पोर्टन जस्ता बलिया साझेदारहरु संग लगातार सहकार्यका लागि हामी सदैव उत्साहित छौं ।’

‘कडा परिक्षणहरुमा ओपोको ५जी स्मार्टफोनको अद्वितिय प्रदर्शनी देखि हामी निकै खुशी छौं । परिक्षणको नतिजा ओपोको प्राविधिक क्षमताको सटिक प्रमाण हो । साथै प्रयोगकर्ता तथा उद्योगकै लागि पनि खुशीको खबर हो ।’,

स्पोर्टन ईन्टरनेशनल ईंकका चिफ अफ अपरेसन एण्ड ईन्जिनियरिङ ईभानशीले भने, ‘तार रहित सञ्चारमा हाम्रो समृद्ध अनुभव मार्फत स्पोर्टनले आपोसंग ५जी कनेक्टिभिटीको उत्थानका लागि सहकार्यलाई निरन्तरता दिनेछ ।’

५जी प्रविधिको एक अधिवक्ता तथा अग्रगामीका रुपमा ओपोले कनेक्टिभिटीको आउने पुस्तालाई मानक अनुसन्धान, सफ्टवेयर तथा हार्डवेयर विकास, गहिरो उपभोक्ता अन्तरदृष्टि र औद्योगिक साझेदारहरुको बलियो आयाम दिइरहेको छ । 

कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा ५जी उत्पादन तथा सेवाको ब्यवसायिकरणका लागि भर्खरै आफ्नो ‘५जी ल्यान्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो ५जी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप