शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार श्रेष्ठ अस्पताल भर्ना

बिहीबार, ०७ चैत २०७५, १५ : ५४
बिहीबार, ०७ चैत २०७५

काठमाडौं– वरिष्ठ पत्रकार एवम् कामना न्युज पव्लिकेशनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पत्रकार श्रेष्ठ आइतबारदेखि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

करिब चार महिनाअघि नाकमा समस्या देखिएका कारण राजधानीको वयोधामा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उनको नर्भिक र भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो । 

अहिले श्रेष्ठको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत गर्दै कामना न्युज पब्लिकेशनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप