बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको कर्नाटकमा भवनमा चेपिएएर ७ जनाको मृत्यु

बिहीबार, ०७ चैत २०७५, १४ : ५१
बिहीबार, ०७ चैत २०७५

कर्नाटक– भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताए । 

भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि दुई वटा टोलीलाई हवाई जहाजबाट घटनास्थलमा पु¥याएको थियो । खोजी तथा उद्धार कार्य अझै जारी छ । 

यसैबीच, कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले खोज तथा उद्धारको कार्य युद्धस्तरमा भइरहेको जानकारी दिए । सरकारले उक्त घटनाको सूक्ष्म अध्ययन अनुसन्धान थालिसकेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप