शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डियर लभ’ : एक प्रेमकथा (टिजरसहित)

बिहीबार, ०७ चैत २०७५, ११ : ३८
बिहीबार, ०७ चैत २०७५

काठमाडौं – पछिल्लो समय नेपाली बजारमा वेभ सिरिज निर्माणमा पनि तिब्रता छाएको छ । यस्तैमा ‘डियर लभ’ नाम वेभ सिरिज समेत तयार भएको छ । जसको टिजर अहिले सार्वजनिक गरिएको छ । 

रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतिमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर लभ’ विशुद्ध प्रेमकथामा आधारित वेभ सिरिज हो । 

सवा मिनेटको टिजरलाई हेर्ने हो भने पनि ‘डियर लभ’ प्रेमकथामा आधारित छ भन्नलाई गाह्रो हुन्न । ‘डियर लभ’मा विशेषगरी पछिल्लो समय युवापुस्तामा देखिएको प्रेमप्रतिको यस्तो आशक्तिलाई समेटिएको पाइन्छ ।
रुकमान लिम्बूको निर्माण र विवेक रसाइँलीको कथा तथा निर्देशन रहेको ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरा लगायतका कलाकारले अभिनय गरेका छन् ।

रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको ‘डियर लभ’ हाल निर्माण भइरहेका नेपाली फिल्मकै क्वालिटीमा छ । कथावस्तु मात्र नभएर छायांकन र निर्देशनको स्तरसमेत फिचर फिल्मकै शैलीमा छ । आफ्नो पहिलो वेभ सिरिज भएकाले निर्माण तथा प्राविधिकमा कुनै कन्जुस्याइँ नगरेको निर्माता रुकमान लिम्बूले बताए । 

पछिल्लो समय अनलाइन डिजिटल मिडियाको लोकप्रियतासँगै बलिउडमा वेभ सिरिजको ट्रेण्ड चलेको छ । तर, नेपालमा भने खाशै वेभ सिरिज बन्ने गरेको छ्रैन । केही बन्ने गरेपनि प्राविधिकरुपमा स्तरहिन छन् । तर, यसैबेला ‘डियर लभ’ निर्माण भएको छ । ‘डियर लभ’लाई दर्शकले रुचाउँछन् भन्नेमा निर्माणपक्ष विश्वस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप