अवार्ड जितेपछि दीपिकालाई चुम्बन र रणबीरलाई अँगालो हाले रणवीर सिंहले, भिडियो चर्चित
रणवीर सिंहले एकपछि अर्को हिट दिइरहेका छन् । उनले गत वर्ष रिलिज भएको पद्मावत र सिम्बासाथै यसै वर्ष फेब्रुअरीमा रिलिज भएको फिल्म गली बोयजस्तो ब्याक टु ब्याक सुपरहिट फिल्मसँग स्टारडम हासिल गर्न सफल भएका छन् । उनको पछिल्लो फिल्म गली बोयले पनि संसारभरी २३५ करोड भारुको व्यापार गर्न सफल भएको छ । यस्तै, पद्मावतले संसारभरी ५०० करोड भारु कमाई गरेको छ । हालै मुम्बईमा आयोजित जी सिने अवार्डमा पनि रणवीरको जलवा देख्न पाइयो । उनले यो अवार्डमा बेस्ट एक्टरको भ्यूअर्स चोइस अवार्ड जिते । यो अवार्डको एउटा भिडियो निकै चर्चित भइरहेको छ ।
भिडियोमा रणवीर सिंह, रणबीर कपुर, आलिया भट्ट र दीपिका पादुकोण सँगै बसिरहेको देख्न सकिन्छ । रणबीरले अवार्ड जितेलगत्तै दीपिकालाई चुम्बन र रणबीरलाई निकै कसिलो अँगालो हान्छन् । साथै, उनले आलियालाई पनि अँगालो हाले ।
स्मरण रहोस्, यो अवार्ड शोको क्रममा रणबीर र आलियाले पहिलो पटक स्टेजमा आफ्नो प्रस्तुती पनि दिएका थिए । यी दुई फिल्म ब्रम्हास्त्रमा सँगै काम गरिरहेका छन् । उनीहरुसँग अमिताभ बच्चन पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान