शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी नायक सुरक्षागार्ड भएको थाहा पाएपछि अनुराग कश्यपले भने, ‘कम्तीमा भिख त मागिरहेका छैनन्’

बिहीबार, ०७ चैत २०७५, ०९ : ५५
बिहीबार, ०७ चैत २०७५

बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमारसँग स्क्रिन सेयर गरेका नायक सवि सिद्धूको स्थितीबारे थाहा पाएपछि बलिउड उनको मद्दतको लागि उत्रिएको छ । राजकुमार राव र अनुराग कश्यपले सविबारे चासो व्यक्त गरे । दुबैले आफ्नो ट्वीटर अकाउन्टमा सविबारे लेखेका छन् । सवि आजकाल एक भवनमा सुरक्षागार्डको रुपमा काम गरिरहेका छन् ।

ट्वीटरमा आयो राजकुमारको प्रतिक्रियाः

उनले लेखे, ‘तपाईंको कहानीले प्रभावित भएँ सवि सर । हाम्रो हरेक फिल्ममा तपाईंको कामको प्रशंसा गरेको छ । तपाईं सकारात्मकता राम्रो लाग्यो । निश्चित रुपमा नै आफ्नो सबै कास्टिङ गर्ने साथीहरुलाई भन्छु कि उनीहरुले तपाईंलाई भेटुन् । दृढता बाधामाथि नियन्त्रण गर्ने कुँजी हो । ’

यस्तै, निर्देशक अनुराग कश्यपले सविको प्रशंसा गरेका छन् । उनले पनि सविबारे थाहा पाएपछि ट्वीटरमा एउटा लामो मेसेज लेखे । उनी लेख्छन्, ‘यस्ता थुप्रै कलाकार छन् जोसँग काम छैन । म एक अभिनेताको रुपमा सवि सिद्धूको सम्मान गर्छु । मैले उनलाई तीनपटक भूमिका दिएँ । उनले आफ्नो जीवाको गरिमासहित बाँच्ने विकल्प चुनेकोमा उनको सम्मान गर्छु ।’

उनले सविबारे आठवटा ट्वीट गरेका छन् । जसमा उनले थुप्रैको उदाहरण दिएर उनको जिन्दगी कसरी बन्यो र बिग्रियो भनेर लेखेका छन् । अनुरागले आफ्नै लागि पनि भने, ‘भोलि यो ममाथि पनि हुनसक्छ । यस्तोमा सविले आफ्नो मद्दत आफैं गर्नुपर्छ । च्यारिटीले कुनै एक कला वा कलाकारलाई बनाउन सक्दैन भन्ने मेरो धारणा छ । एक नायकलाई सहानुभूतिको रुपमा भूमिका दिनु उनको अपमान गर्नु हो ।’

साथै, उनले सविको कामबारे पनि ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘सुरक्षागार्ड हुनु भनेको कसैको काम हो । म कुनै पनि कामलाई सानो र ठूलो देख्दिनँ । उनी कम्तीमा भिख मागिरहेका छैनन् । ’

अक्षयसँग काम गरिसकेका यी नायकसँग अब फिल्म हेर्ने पैसासमेत छैन

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप