शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होली मिलन समारोहमा मुख्यमन्त्री राई सहभागी

बिहीबार, ०७ चैत २०७५, ०९ : ४६
बिहीबार, ०७ चैत २०७५

विराटनगर - आपसी एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने होली पर्वले सबैलाई प्रेरणा दिन सकोस् भन्ने सन्देशका साथ शुभकामना आदानप्रदान गर्दै होली मिलन आयोजना गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मोरङ जिल्ला कार्यसमितिद्वारा मदन स्मृति भवन पाञ्चालीमा बिहीबार बिहान आयोजित होली मिलनमा मुख्यमन्त्री शेरधन राईसहित पार्टीका नेता रामलाल साह तथा कार्यकर्ताले एकापसमा रङ लगाएर शुभकामना आदान प्रदान गरेका थिए । 

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, बुद्धिराज राजभण्डारी, यशोदा अधिकारी, नेकपाका केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मी, पार्टीका वरिष्ठ नेता तथा कार्यकर्ता, प्राध्यापक, कर्मचारी, सञ्चारकर्मी र शिक्षकको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप