बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण फुटबल : १९ वर्षपछि नेपाल र कुवेत भिड्दै

बिहीबार, ०७ चैत २०७५, ०९ : ००
बिहीबार, ०७ चैत २०७५

काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीले बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेका टोलीले बिहीबार बेलुका पहिलो खेल खेल्न लागेको हो ।

खेल बेलुका ९ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत १९ वर्षपछि भिड्न लागेका हुन् । यसअघि सन् २००० मा एएफसी एसिया कपमा दुई टोली भिडेका थिए । उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध नेपालले जित निकाल्ने बताएका छन् ।

हालै नेपाली टोलीको प्रशिक्षण सम्हालेका कालिनको यो पहिलो खेल हो । यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि घरेलु मैदानमा टोली जितका लागि उत्रने बताएका छन् । हामीले छोटो तयारी गरेका छौं । तर, प्रदर्शन गर्न सके हामी जित्न सक्छौ, जोजाकले भने । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप