मैत्रीपूर्ण खेलमा जर्मनीलाई धक्का
बिहीबार, ०७ चैत २०७५, ०८ : ५०
एजेन्सी - युरो कप छनोट खेलको तयारीमा रहेको जर्मनीलाई मैत्रीपूर्ण खेलमा सर्बियाले धक्का दिएकाे छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा जर्मन सर्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हाे ।
खेलमा १२ औं मिनेटमा सर्बियाका लुका जोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाए । तर, जर्मनीलाई गोल फर्काउन लामो समय कुर्नु प-याे । ६९ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरेपछि जर्मनीले बराबरीमा पुगेको थियो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको जर्मनीले थप गोल गर्न सकेन ।
इन्जुरी समयमा मिलान पाभकोभ रातो कार्ड पाउँदै बाहिरिएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । उनले लेरोइ सानेलाई फल हानेपछि रातो कार्ड पाएका थिए । युरोकप छनोटअघि कमजोर टोलीसँगको बराबरीले जर्मनी झस्किएको छ । जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसँग खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन