बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण कोरियाः १६ सयको लुकीलुकी बनाए अश्लिल भिडियो

बिहीबार, ०७ चैत २०७५, ०८ : ३७
बिहीबार, ०७ चैत २०७५

बीबीसी

दक्षिण कोरियाको होटलको कोठामा करिब १६ सयजनाको गोप्य तरिकाले भिडियो बनाएको र त्यसलाई वेबसाइटमा बेचेको आरोपमा अहिलेसम्म चार पुरुषलाई पक्राउ गरिएको छ ।

क्यामरालाई टिभी, हेयर ड्रायरको होल्डर र सकेटमा लगाइएको थियो । यसमार्फत् यी पुरुषहरु ६ लाख रुपैयाँसम्म कमाउँथे । यदि उनीहरु दोषी ठहर भए १० वर्षसम्मको जेल र तीन अर्ब रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

दक्षिण कोरियामा गोप्य तरिकाले अश्लिलता खिचेको मामला निकै तीब्र रुपमा फैलिएको थियो र यसविरुद्ध प्रदर्शन पनि भएको थियो ।

पूरा भिडियो हेर्नका लागि पैसा दिनुपर्दथ्योः

बीबीसीसँगको कुराकानीमा कोरियाली पुलिसले दिएको जानकारी अनुसार गत वर्ष अगस्टमा दक्षिण कोरियाका १० शहरका ३० विभिन्न होटलमा १ एमएम लेन्स क्यामरा लगाएका थिए ।

नोभेम्बरमा एक वेबसाइट बनाइयो जसले ३० सेकेन्डसम्म निःशुल्क भिडियो देखाउँथ्यो र पूरा भिडियो हेर्नका लागि पैसा तिर्नुपर्दथ्यो ।

उनीहरुले आठ सय तीनवटा भिडियो अपलोड गरेको बताइन्छ र विदेशमा वेबसाइटको सर्भरलाई आधार बनाएर कानूनबाट बच्ने कोसिस गरेका थिए ।

पुलिसका अनुसार ९७ जनाले यसका लागि पैसा दिइरहेका थिए जसमार्फत् यी पुरुषहरुले कमाई गरे । यो महिना यो वेबसाइटलाई बन्द गरियो ।

सोल मेट्रोपोलिटन पुलिस एजेन्सीका प्रवक्ताले स्थानीय पत्रिका कोरिया हेराल्डसँग भने, ‘अवैध भिडियोलाई पोष्ट र सेयर गर्नेहरुलाई पुलिस निकै कडा रुपमा प्रस्तुत भएको छ किनभने यो मानवीय गरिमालाई गम्भीर तरिकाले क्षती पुर्याउँछ ।’

पोर्नोग्राफी र त्यसको प्रसार दक्षिण कोरियामा गैर–कानूनी छ ।

तीब्र गतिको इन्टेरनेट जिम्मेवारः

गोप्य भिडियो बनाउनमा देशको तीब्र गतिको इन्टरनेट पनि जिम्मेवार भएको बताइँदै छ ।

थुप्रै भिडियो शौचालय र चेन्जिङ रुममा बनाइन्छन् र त्यसलाई बदलाको रुपमा मानिसहरु पोष्टसमेत गर्छन् ।

यस्तो मामला सन् २०१२ मा २४ सय थियो जुन २०१७ मा बढेर ६ हजार बढी पुगेको छ ।

सन् २०१७ मा जासुसी क्यामरासँग सम्बन्धित अपराधमा ५ हजार चार सय बढीलाई पक्राउ गरिएको थियो जसमध्ये दुई प्रतिशतभन्दा कम व्यक्तिलाई जेलको सजायँ भएको थियो ।

यस्तो भिडियो बनाएपछि मानिसहरु निकै आक्रोशित भएका थिए र राजधानी सोलमा थुप्रै प्रदर्शन पनि भएको थियो । त्यहाँका जनताले यी मामलाका दोषीलाई कडा सजायँको माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप