गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना
बीबीसी
यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ ।
यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितीको दुरुपयोगका कारण लगाइएको हो । दुई वर्ष भित्र गुगलमाथि प्रतिस्पर्धा नियमको उल्लंघन गरेको भन्दै जरिवाना लगाएको यो तेस्रो पटक हो ।
गुगलको पेरेन्ट कम्पनी अल्फाबेट विज्ञापनबाट अर्बौं डलरको कमाई गर्छ र सन् २०१८ मा विज्ञापनबाट यसको कर अघिको नाफा ३०७० करोड डलर थियो ।
यूरोपेली संघकी प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेजरले गुगलले जे गरेको छ त्यो यूरोपेली युनियनको एन्टी ट्रस्ट नियमविरुद्ध भएको बताएकी छिन् । उनले ब्रसेल्समा गुगलको एडसेन्स विज्ञापन कारोबारको लामो समयदेखि चलिरहेको अनुसन्धानको परिणामबारे जानकारी दिइन् ।
उनले भनिन्, ‘गुगलले एडसेन्स प्लेटफर्मलाई ब्रोकरको प्रयोग गरिरहेका वेबसाइटलाई रोक्नका लागि आफ्नो बलियो स्थितीको दुरुपयोग गरेको अनुसन्धानमार्फत पत्ता लागेको छ ।’
आयोगले गुगल र उसको मूल कम्पनी अल्फाबेटले इयूको प्रतिस्पर्धा निरोधक नियमको उल्लंघन गरेको पायो । यसमार्फत् गुगलका प्रतिद्वन्द्वी कम्पनीले आफ्नो विज्ञापन यी वेबसाइटमा दिन रोकियो ।
गत वर्ष जुलाईमा यूरोपेली युनियनले गुगलमाथि ४.३ अर्ब यूरो जरिवाना लगाएको थियो ।
अमेरिकी कम्पनी गुगलले आफ्नो मोबाइल डिभाइस रणनीति अनुसार गुगल सर्च इन्जिनलाई गलत तरिकाले थप शक्तिशाली बनाएको आरोप लगाइएपछि गरिएको अनुसन्धानपछि उक्त निर्णय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ