शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिरा व्यापारी मोदी लण्डनमा समातिए

बिहीबार, ०७ चैत २०७५, ०७ : ५७
बिहीबार, ०७ चैत २०७५

काठमाडाैं - पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ । 

उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जानेछन् । आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप