शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियाका पौने दुई लाख शरणार्थी लेबनानबाट घर फिर्ता

बुधबार, ०६ चैत २०७५, २० : ४१
बुधबार, ०६ चैत २०७५

बेरुत । लेबनानमा रहेका पौने दुई लाख सिरियाली शरणार्थीहरु घर फर्किएको अधिकारीहरुले बताएका छन् । 

लेवनानका अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार यही मार्च सम्ममा स्वदेश फर्किने सिरियाली शरणार्थीहरुको संख्या एक लाख ७२ हजार ४६ पुगेको छ । 

‘सिरियाली शरणार्थीहरुलाई आफ्नै देशमा फर्काउनका लागि लेबनानले स्वंयसेवी भएर निरन्तर रुप धेरै कामहरु गरेको छ,’ एक अधिकारीले भने । उनले आगामी दिनमा पनि निरन्तर यो काम गरिरहने पनि बताए ।

केही शरणार्थीहरुले भने सिरिया फर्किएपनि सुरक्षित रहन नसकेको बताएका छन । स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । 

हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप