फेवातालमा डुबेका तीन जनाको सकुशल उद्दार
बुधबार, ०६ चैत २०७५, १९ : २१
पोखरा । कास्की जिल्लाको पोखरा महानगरापालिका–६ लेकसाइडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुबेका तीन जना पर्यटकलाई एपीएफ टोलीले सकुशल उद्दार गरेको छ ।
उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वाकालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्दार गरेको हो ।
तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चिनियाँ नागरीक २४ वर्षीया Menguyaor yu, २५ वर्षीया Lewei Deng र ६० वर्षीया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो ।
उनीहरु चैत ५ गते दुर्घटनामा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश