शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय अर्बपति मोदी लन्डनमा गिरफ्तार

बुधबार, ०६ चैत २०७५, १९ : ०५
बुधबार, ०६ चैत २०७५

एजेन्सी– भारतीय अर्बपति निरब मोदी लन्डनमा पक्राउ परेका छन् । पञ्जाब नेश्नल बैंकको १३ हजार करोड घोटाला गरेको आरोपमा मुद्धा खेपिरहेका मोदी बुधबार लन्डनमा पक्राउ परेका हुन् । निरबलाई लन्डनस्थित होलबन मेट्रो स्टेशनबाट गिरफ्तार गरिएको बताइएको छ । मोदी भारत लगायत दर्जनौ मुलुकहरुमा हिरा कारोबारीका रुपमा चिनिने गर्छन् ।

उनले सोही कारोबारका सिलसिलामा पञ्जाब नेश्नल बैंकबाट १३ हजार करोड रुपैयाँ लिएर फरार भएका थिए । उनीमाथि अन्तर्राष्ट्रिय प्रहरी संगठनले रेडकर्नर नोटिस समेत जारी गरेको थियो ।

मोदी भारतको चर्चित ज्वेलरी डिजाइनर कम्पनी फायरस्टार डायमन्ड कम्पनीका संस्थापक हुन् । सो कम्पनीको सञ्चित पूँजी २.३ अर्ब डलर रहेको बताइन्छ । सो कम्पनीले लन्डन, न्यूयोर्क, हवाई, सिंगापुर, बेइजिङ लगायतका ठूला शहरहरुमा समेत व्यापार विस्तार गरिसकेको छ । यो कम्पनीको मुख्यालय भारतको मुम्बईमा रहेको छ ।

मोदीमाथि लण्डनस्थित वेष्टमिनिष्टर कोर्टले गिरफ्तार गर्न वारेन्ट समेत जारी गरेको थियो । उनी लन्डनमा राजनीतिक शरण लिएर बसेकोे भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भारतीय लोकसभा निर्वाचन नजिकिँदै गएको बेला अर्बपति मोदी गिरफ्तार हुनुलाई अर्थपूर्ण रुपमा समेत लिइएको सञ्चारमाध्यामहरुले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप