होलीमा रंगिएको बसन्तपुर, जहाँ देखिए यस्ता २४ रोमाञ्चक दृष्य (फोटोफिचर)
बुधबार, ०६ चैत २०७५, १५ : ०३
काठमाडौँ– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली मनाइएको छ । काठमाडौंका वसन्तपुर, ठमेल, बानेश्वर लगायतका स्थानमा सर्वसाधारणले निकै रोमाञ्चक र उमंगका साथ होली मनाएका छन् । सोही क्रममा हामीले वसन्तपुरमा देखिएका केही रोमाञ्चक दृष्यहरुलाई यहाँ समावेश गरेका छौ ।