शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

बुधबार, ०६ चैत २०७५, १३ : २५
बुधबार, ०६ चैत २०७५

काठमाडौं– नेपाल साफ च्याम्पियनसिप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहिद रंगशालामा बुधबार श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे । रक्षात्मक रणनिति अपनाएको श्रीलंकाविरुद्ध नेपालले ४२ औं मिनेटमा खाता खोलेको थियो । पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले गोल गरिन् ।

७३ आंै मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । ८३ आंै मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई जित नजिक पुर्याएकी थिइन् । ८६ औं मिनेटमा रेखाले गोलगर्दै टोलीलाई सहज जित दिलाइन् ।  रेखाको यो राष्ट्रिय टोलीबाट डेब्यु गोल हो । उपाधिका लागि नेपालले फाइनलमा भारत र बंगलादेशबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप