शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै मानिसलाई खुसीको कारण र केले त्यो दिन्छ भन्ने कुरा नै थाहा छैन

खुसी अरुले ल्याइदिने होइन, प्रत्येक व्यक्तिले आफ्नो खुसी आफै खोज्ने हो ।
बुधबार, ०६ चैत २०७५, ०८ : २७
बुधबार, ०६ चैत २०७५

 

विश्व खुसी दिवस (२० मार्च)को अवसरमा वेस्टन सर्च इन्स्टिच्यूट अफ पोजेटिभ साइन्सका प्रमुख कार्यकारी अधिकारी डा. रामचन्द्र लामिछानेसँग रातोपाटीका सुनिता न्यौपानेले गरेको खुसी संवाद

खुसीलाई कसरी परिभाषित गर्नुहुन्छ ?

खुसी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । चाहना र खुसी जोडिएको छ । हामी कस्तो हुन चाहन्छौँ भन्ने कुराले हाम्रो खुसी निर्देशित हुन्छ । त्यसकारण खुसी भनेको एक प्रकारको दृष्टिकोण हो । जसले आफूलाई सन्तुष्ट लाग्ने कुराहरु खोज्न अभिप्ररित गर्दछ । खुसी र दृष्टिकोण एकआपसमा जोडिएको छ । दृष्टिकोणले खुसी दिने हो । खुसी एउटा यस्तो दृष्टिकोण हो जसले हामीलाई सन्तुष्ट दिन्छ ।

खुसी हुनको लागि कस्तो दृष्टिकोण बनाउनुपर्छ ?  

पहिले आफू के चिजले खुसी होइन्छ, त्यो थाहा पाउनुप-यो। धेरै मानिसलाई खुसीको कारण के हो र के कुराले खुसी दिन्छ भन्ने कुरा नै थाहा छैन । आफू के कारणले खुसी हुन्छु भन्ने कुरा थाहा पाउनुपर्छ । त्यहाँबाट खुसी सुरु हुन्छ । मानिस आफूभित्रको खुसी थाहा नपाई बाहिर बाहिर खोज्दै हिँड्छ । अरुले जे भन्यो, त्यही कुरामा खुसी खोज्न थाल्छन् मानिसहरु । अरुले दिएको कुराले खुसी दिन सक्दैन । खुसी आफैंले सिर्जना गर्नुपर्छ ।

खुसी सकारात्मक मात्र हुन्छ कि नकारात्मक पनि हुन्छ ?

नकारात्मकको परिभाषा नै एकदमै अचम्मको छ । खुसी सापेक्षित हुन्छ । नकारात्मक कुराले पनि कहिलेकाहीँ खुसी दिन सक्छ । कुनै अवस्थामा नकारात्मक हुँदा पनि खुसी प्राप्त हुन्छ ।

खुसी विशुद्ध मानसिक भोगाइको प्रतिबिम्बन मात्र हो कि यसको भौतिक अस्तित्व पनि हुन्छ ?

मानसिक र भौतिकभन्दा पनि खुसी मूलतः दृष्टिकोण हो । त्यो दृष्टिकोण भन्ने बित्तिकै मानसिकसँग सम्बन्धित हुन्छ । भौतिक कुराले खासै फरक हँुदैन । यो नितान्त मानसिक हो ।

आम नेपालीलाई हेर्दा तपाईले कत्तिको खुसी देख्नुहुन्छ ?

खुसीभन्दा पनि धेरै दुःखको कारण खोजिरहेका हुनाले हामी दुःखी छौँ । हाम्रो देशमा धेरै राम्रा कुरा छन् । तर ती कुरालाई नदेखेर नराम्रा कुराप्रति मात्र हाम्रो चासोको विषय रह्यो । त्यसले गर्दा हामीले आफै आफ्नो दुःख खोजिरहेका छौँ ।

खुसीभन्दा पनि धेरै दुःखको कारण खोजिरहेका हुनाले हामी दुःखी छौँ । हाम्रो देशमा धेरै राम्रा कुरा छन् । तर ती कुरालाई नदेखेर नराम्रा कुराप्रति मात्र हाम्रो चासोको विषय रह्यो । त्यसले गर्दा हामीले आफै आफ्नो दुःख खोजिरहेका छौँ । कसले के नराम्रो गर्याे भनेर खोज्दै हिँड्ने हाम्रो बानी छ । त्यो भनेको दुःखको स्रोत हो । त्यसले गर्दा सामाजिक, आर्थिक, राजनीतिक परिवेशभन्दा पनि नकारात्मक कुरा खोजेको कारणले हामी दुःखी भएका हौँ । स्वभावले हामी एकदम खुसी हुन जान्ने मानिस हाँै ।

विश्व खुसी सूचाङ्कमा नेपाल १०१ औं स्थानमा छ । यसको कारण नेपाली दुःखी नै छन् भन्ने हो ?

खुसीलालाई मूल्याङ्कन गर्ने विभिन्न तरिकाहरु छन् । उक्त अध्ययनको कुन साइजको नमूना थियो र कुन ठाउँमा गरिएको भन्ने पनि प्रश्न हो । नेपाल भौगोलिक, सांस्कृतिक रुपमा धेरै विविधता भएको देश हो । हाम्रो देशमा जस्तो विविधता संसारमा कतै छैन । त्यसकारण त्यो रिपोर्टले नेपाललाई प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन ।

नेपालीहरु के के कारणले खुसी छन् ?

नेपाली समाज जे छ, त्यो पारिवारिक संरचनामा छ । नातासम्बन्धलाई महत्त्व दिने संस्कृति छ हाम्रो । आफ्नो वंश र नातासम्बन्धमा असफलता हुँदा पनि हामी खुसी हुन सक्छौँ ।  एक अर्काको संस्कृतिलाई एकदमै सह्राउने खालको छ हाम्रो संस्कृति । हाम्रो बस्ती विविधतायुक्त छ । अरुको घरमा खुसी हुँदा पनि खुसी हुन जान्ने संस्कृति हो । त्यसकारण नेपालमात्र एउटा यस्तो समाज हो, जहाँ खुसीहरु जोडिएका छन् । कसैको घरमा दुःख पर्याे भने आफ्नै घरमा भएको जस्तो गर्छन् र ठान्छन् नेपालीहरु । संसारमा धेरै खुसी हुने कारण कुनै जातीमा छ भने त्यो नेपाली जातीमा छ । कतिपय देशमा खुसी हुनको लागि ठूलो उपलब्धि चाहिन्छ । हामी नेपालीहरु सानो सानो उपलब्धिमा पनि एकदमै खुसी भइरहेका हुन्छौँ । त्यसकारण हामीसँग खुसी हुने कारण धेरै छन् । एकपटक सबै नेपालीले दृष्टिकोण मात्र परिवर्तन गर्याै भने हामीभन्दा यो धर्तीमा सुखी अरु कोही छैन ।

दुःख हुने कारण हामी आफै खोजिरहेका छौँ भन्नुभयो । त्यो निराकरण गर्ने उपाय के होला ?

खुसीका कारणहरु खोज्यौँ भने दुःखका कारणहरु हामीलाई आवश्यक नै पर्दैन । दुःखका कारणले जहिले पनि दुःख नै दिन्छन् । कहिले पनि खुसी दिँदैन ।

पहिलो कुरा त खुसीमा ध्यान केन्द्रित गर्ने । खुसीका कारणहरु खोज्यौँ भने दुःखका कारणहरु हामीलाई आवश्यक नै पर्दैन । दुःखका कारणले जहिले पनि दुःख नै दिन्छन् । कहिले पनि खुसी दिँदैन । हाम्रो नेपालीको मार्गनिर्देशक सिद्धान्त शास्त्रीय मनोविज्ञान हो । त्यसले ‘सफलता नै सफलताको जननी हो’ भन्छ । आज सकारात्मक मनोविज्ञानको जमाना हो । असफलताबाट मानिसले सिक्न सक्दैन । सिक्ने सफलताबाटै हुन्छ । त्यसकारण त्यो पुराना कन्सेप्ट परिवर्तन नहोउन्जेल हामीले खुसीका काारण खोज्न सक्दैनौँ ।

असफलताको मात्रा हुन्छ । यदि जीवन सफलता हो भने मरण असफलता हो । जीवन सय प्रतिशत हो भने मरण सुन्य प्रतिशत हो । एक प्रतिशत जीवन हुन्जेल पनि त्यहाँ सफलता हुन्छ । वास्तवमा हामीले सिक्ने भनेको बाँकी रहेको त्यही एक प्रतिशतबाट हो । जब मानिस जीवन र मरणको दोसाँधमा हुन्छ हामीले आइसियुमा लगेका हुन्छौँ । त्यतिखेर पनि त्यहाँ सफलता भएको कारणले लगिएको हो ।

अभ्यासमा हामीले सफलताबाट सिकिरहेका हुन्छौँ तर हामीले भन्दा ‘असफलता नै सफलताको जननी हो’ भन्छाँै । त्यो भनाइले असफलता हुने मानिसलाई बारम्बार छुट दिइरहेको छ । त्यसकारण हामी असफल भए पनि हामी क्षमा दिने हाम्रो संस्कार रहेको छ । कुनै बच्चाहरुले थोरै नम्बर ल्याए भने पनि हामीले उसले किन धेरै ल्याउन सकेनौँ खोज्दैनौँ कि किन थोरै ल्यायो भनेर खोज्न थाल्छौँ । असफलतातिर हामी केन्द्रित हुन्छौँ ।

राजनीतिक पार्टीले गर्ने काममा हामी राम्रोभन्दा नराम्रो कामतिर रुमलिरहेका छौं। राम्रो कामतिर त हाम्रो ध्यान नै जाँदैन । त्यसले गर्दा हाम्रो सम्पूर्ण समाजलाई नै यथास्थितिमा राखिदियो । यदि सफलता नै सफलताको जननी भन्ने हुन्थ्यो तपाईले कुनै पनि कुरालाई सफलताको कसीबाट हेर्नुहुन्थ्यो । हामी सबैले त्यही कसबिाट हेर्न थाल्थ्यौँ । हामी किन असफल भयौँ भनेर असफलताका कारणहरु खोज्छौँ । जसले गर्दा सफलताका कारण छलफलमै आउँदैनन् ।

हामीले सफलताका कारण खोज्यौँ भने सफलता बढ्छ, असफलताका कारण खोज्यौँ भने असफलता बढ्छ । हामीले जसरी सोच्छौं, हाम्रो ब्रेनको भाषा र हाम्रो बोलीचालीको भाषा फरक छ । नेपाल किन गरिब छ भनेर लेखिदिनुभयो र त्यस्तै फोटो राखिदिनुभयो भने आम जनताले गरिबीका कारण मात्र खोज्छन् ।

हामीभित्र दुई प्रकारको दिमाग छ । अर्धचेतन दिमाग र चेतनशील दिमाग । चेतनशील दिमागले प्रत्यक्ष कुराहरु देख्छ । त्यसले सही र गलत छुट्याँउछ । अर्धचेतन दिमागले सही र गलत छुट्याउँदैन । उसको लागि सही र गलत एउटै कुरा हुन्छ । गरिब भनेपछि उसले गरिबको चित्र आफ्नो दिमागमा राख्छ । मान्छेलाई गरिब हुनुका कारण खोज्न अभिप्रेरित गर्दछ ।

किनभने हामीभित्र दुई प्रकारको दिमाग छ । अर्धचेतन दिमाग र चेतनशील दिमाग । चेतनशील दिमागले प्रत्यक्ष कुराहरु देख्छ । त्यसले सही र गलत छुट्याँउछ । अर्धचेतन दिमागले सही र गलत छुट्याउँदैन । उसको लागि सही र गलत एउटै कुरा हुन्छ । गरिब भनेपछि उसले गरिबको चित्र आफ्नो दिमागमा राख्छ । मान्छेलाई गरिब हुनुका कारण खोज्न अभिप्रेरित गर्दछ । अर्धचेतन दिमागले चेतन दिमागलाई त्यस्तो निर्देशन दिन्छ । त्यसले गर्दा थाहा नपाई आम मानिस गरिबीमा अभ्यस्त भएका हुन्छन् ।समृद्धि के हो भनेर हामीले छलफलमा ल्यायौं भने समृद्धि कस्तो हुन्छ भनेर हामीले त्यतातिर ध्यान केन्द्रित गर्छाैँ । त्यसकारण मनोविज्ञानका कुराहरु पनि छन् ।

व्यक्तिगत खुसीलाई सामुहिक खुसीमा परिणत गर्न के गर्ने ?

एउटा व्यक्तिले अर्काै व्यक्तिलाई सफल व्यक्तिको रुपमा देख्न थाल्दछ, त्यहाँ वातावरण नै अर्कै हुन्छ । तपाईंले मलाई सफल देख्न, मैले तपाईलाई खुसीको बारेमा कुरा गर्न चाहन्छु । तपाई मेरो खुसीको बारेमा कुरा गर्न चाहनुहुन्छ । खुसी एक अर्काबाट बढ्छ ।

तर मानिसहरु सुखको कुराभन्दा पनि बढी किन दुःखका कुरा मात्र चासो चिन्ता राख्ने र त्यस्तै कुराहरुको चाहिँ बढी खोजीनीति गर्ने गर्छन् त ?

हाम्रो संस्कार त्यस्तै छ । हामी हामी त्यही परिवेशबाट आएको हो । त्यसरी नै हामीलाई सिकाइएको थियो । जुन गलत थियो । जुन हामीलाई समाजले दिइएको ज्ञान छ, त्यो खुसी प्रवद्र्धन गर्ने खालको छैन ।

हामीले जे जे कुरा सिक्दै गयौँ, हामीले जुन जुन कुरामा विश्वास गर्छौं, त्यो सामाजिक यथार्थता हो । त्यस अर्थमा हामीले सामाजिक यथार्थलाई आफैले निर्माण गरिरहेका हुन्छौँ । हामी जति नकारात्मक कुरामा ध्यान दिन्छौँ, त्यो सामाजिक यथार्थता बनेर जान्छ ।

मानिसहरुमा जरो गाडेर बसेको नकारात्मक चिन्तनप्रवृत्तिलाई सकारात्मकतामा बदल्ने कसरी ?

कुनै पनि अवस्थामा केही कुरा चलायमान छन् भने त्यहाँ  दुई कुरा विद्यमान हुन्छन्: सकारात्मक तत्त्व र नकारात्मक तत्व । हामीले सकारात्मक त्तत्व के हो भनेर खोज्न थाल्यौँ भने हामी खुसी हुन्छौँ । हामी सकारात्मक पनि हुन्छौं । त्यही अवस्थामा के नकारात्मक छ भनेर खोज्यौं भने हामी नकारात्मक हुन्छौँ ।

उदाहरणको लागि आजको राजनीतिलाई लिऔं । आजको राजनीतिमा दुईवटा पक्षहरु छन् । त्यहाँ सकारात्मक पनि छ, नकारात्मक पनि छ । यदि हामीले नकारात्मकतामा ध्यान दियौं भने हामीले नकारात्मक कुराहरु नै बढाउँछौँ । त्यसले दुःखी बनाँउछ । आजको राजनीतिमा नब्बे प्रतिशत कुराहरु नकारात्मक छ, दश प्रतिशत कुराहरु सकारात्मक छ भने पनि त्यो दश प्रतिशत सकारात्मक कुरा के के हुन् भनेर हामीले भन्न थाल्यौँ भने त्यो बढ्दै जान्छ र नकारात्मक घट्दै जान्छ ।

हामीले जुन कुरामा बढी ध्यान केन्द्रीत गर्छाैँ, त्यही हुन्छ । हामी नकरात्मकमा फोकस गरेर सकारात्मक बढाउन चाहन्छौँ । त्यो विज्ञानसम्मत हुँदैन । त्यसकारण हाम्रो देशमा नकारात्मकता बढिरहेको छ ।

Photo source: i.pinimg.com

खुसी हुने सूत्रहरु के के होलान् ?

नेपाली समाजको एउटा समस्या के हो भने आफूलाई पनि सम्मान नगर्ने र अरुलाई पनि सम्मान नगर्ने । प्रत्येक व्यक्तिले के ठान्नुपर्याे भने प्रत्येक नागरिक राष्ट्रपति र प्रधानमन्त्री जत्तिकै महत्वपूर्ण हुनुहुन्छ । प्रधानमन्त्रीलाई पनि घाम लाग्छ, सामान्य नागरिकलाई पनि घाम लाग्छ । दुवैलाई भोक लाग्छ । त्यसकारण कुनै पनि नागरिक कुनै पनि हालतमा देशको प्रधानमन्त्री र राष्ट्रपति जत्तिकै सम्मानित हुन्छन् ।

पहिलो सूत्र के राम्रो छ भनेर हेर्न जान्नुपर्याै । मान्छे भावनामा चल्ने खालको हुन्छ । त्यसकारण आफ्नो भावनालाई ख्याल गर्न सक्नुपर्छ । आफ्नो भावनालाई सबैभन्दा पहिले सम्मान गर्नुपर्छ । त्यो भनेको आत्मसम्मान हो । त्यसपछि बल्ल हामी अरुलाई सम्मान गर्न सक्छौँ । नेपाली समाजको एउटा समस्या के हो भने आफूलाई पनि सम्मान नगर्ने र अरुलाई पनि सम्मान नगर्ने । प्रत्येक व्यक्तिले के ठान्नुपर्याे भने प्रत्येक नागरिक राष्ट्रपति र प्रधानमन्त्री जत्तिकै महत्वपूर्ण हुनुहुन्छ । प्रधानमन्त्रीलाई पनि घाम लाग्छ, सामान्य नागरिकलाई पनि घाम लाग्छ । दुवैलाई भोक लाग्छ । त्यसकारण कुनै पनि नागरिक कुनै पनि हालतमा देशको प्रधानमन्त्री र राष्ट्रपति जत्तिकै सम्मानित हुन्छन् । उहाँको पनि एक भोट हो, सामान्य नागरिकको पनि एक भोट हो । त्यसकारण हरेक नागरिकले आफूलाई त्यो ठाउँमा राखेर हेर्नुपर्याे । म यो देशको सम्मानित नागरिक हुँ । यदि सबैले सबैको सम्मान गर्न सक्यौं भने त्यो व्यक्तिले गैरकानूनी काम गर्दा दश पटक सोच्छ । के सम्मानित नागरिकले यस्तो काम गर्छ ? आफैले आफैलाई प्रश्न गर्न थाल्छ ।

आम नागरिकहरु खुसी हुनका लागि के गर्नु जरुरी छ ?

आम नेपालीले खुसीको कारण बाहिर छ भन्ने ठानिरहेका छन् । राज्य व्यवस्थाले खुसी ल्याइदिन्छ कि भन्ने सोचिरहेका छन् । त्यस्तो हँुदैन । प्रत्येक व्यक्तिले आफ्नो खुसी आफैं खोज्ने हो । त्यो खुसी खोज्नको लागि सबैभन्दा पहिले आफूलाई सम्मान गर्ने– म केही हँु भनेर । मसँग पनि काम गर्न सक्ने शक्ति र क्षमता  छ भनेर विश्वास गर्नुपर्छ । संसारको सबै मानिसमा मस्तिष्कको तीव्रता २६७ माइल प्रतिघण्टा हो । त्यो अमेरिकी युवामा पनि त्यही हो, नेपालीमा पनि त्यहि हो । त्यसकारण युवासँग जे जति स्रोत र साधन छन्, त्यो स्रोत र साधन भनेको मस्तिष्क हो, आफ्नो सम्मान र पहिचान हो । त्यो हामीसँग पनि छ । त्यो छ भनेर हामीले पहिचान गर्न सक्दैनौँ भने हामी खुसी हुँदैनौँ । अहिले हामीमा खुसीको कारण मभित्र छ र मेरो हो भन्ने हुनपर्छ ।

जस्तै, हाम्रो घर अगाडि बाटो पिच भयो । त्यसले कहिले पनि मानिसलाई खुसी दिदैन । सुविधा देला तर त्यो भनेको खुसी होइन । खुसी भनेको दृष्टिकोण हो । खुसी भनेको अनुभूति हो । त्यो अनुभूति जब व्यक्तिले आफूले आफूलाई सम्मान गर्छ, म पनि अरु सरह छु महत्वपूर्ण छु भन्ठान्छ, अनि मात्र ऊ खुसी भएको अनुभूति गर्दछ । जब उसले आफूलाई महत्वपूर्ण छु, भन्ठान्छ उसले हेर्न थाल्छ ।

खुसी बाँड्दै हिँड्ने तपाई आफू चाहिँ कत्तिको खुसी हुनुहुन्छ ?

मेरो जिन्दगीदेखि म एकदमै खुसी छु । मैले के सिकेको छु भने प्रतिकूलतामा पनि अनुकूलता देख्न सिकेको छु ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता न्यौपाने
सुनिता न्यौपाने
लेखकबाट थप