न्यूजिल्याण्डको मस्जिदमा हमला गर्ने ब्रेन्टेन ट्यारेन्ट पाकिस्तानमा के गरिरहेका थिए ?

मोहम्मद जुबैर खान, बीबीसी
न्यूजिल्याण्डको क्राइस्टचर्चका दुई मस्जिदमा हमला गरेपछि हिरासतमा लिइएका संदिग्ध हमलाकर्ता ब्रेन्टन ट्यारेन्ट गत वर्ष अक्टोबरको अन्तिममा र नोभेम्बरको सुरुवातमा पाकिस्तान प्रशासित कश्मिरको गिलगित–बाल्टिस्तानमा घुमेको जानकारी बीबीसीले दिएको छ ।
बीबीसीको दाबी अनुसार ब्रेन्टन १५–१६ दिन गिलगित–बाल्टिस्तानमा बसेका थिए ।
यी इलाकाको होटलमा ब्रेन्टेन ट्यारेन्टसँग सम्बन्धित सबै रेकर्ड आधिकारीले १७ मार्चमा आफ्नो नियन्त्रणमा लिएका थिए ।
ती दुई हप्ताको क्रममा उनी दूर–दराजको इलाकामा घुमेका थिए । ब्रेन्टन धेरैजसो पैदल हिँड्थे, दैनिक उठेर व्यायाम गर्दथे र पहाडमा ट्रेकिङ पनि जान्थे ।
प्राप्त जानकारी अनुसार ट्यारेन्टलाई घुम्ने शौख छ । उनी एक यस्ता पर्यटक थिए जो धेरै पैसा खर्च गर्दैनन्, सस्तो होटलमा बस्छन्, आफ्नो ब्याग आफैं बोक्छन्, सार्वजनिक यातायातमा यात्रा गर्दैनन् र गाइडको सहारा लिँदैनन् ।
पाकिस्तानमा उनको बहस पनि भयोः
गिलगितमा ब्रेन्टेनले भिन्न ‘मनी चेन्जर्स’ (विदेशी खुद्रा साट्ने) बाट दुई हजार तीन सय अमेरिकी डलर पाकिस्तानी रुपैयाँमा साटेका थिए । यो रेकर्ड पनि अधिकारीले आफ्नो नियन्त्रणमा लिएका छन् । एक मनी चेन्जर्सले कम पैसा दिएकोमा उनको बहस पनि भएको बताइन्छ ।
ब्रेन्टेनलाई गिलगितका पसल मनपर्दथे र उनलाई ‘ड्राइ फ्रुट’को पसलमा मोलमोलाई गरिरहेको पनि देखिएको थियो ।
जुन मौसममा उनी करिमाबाद, हुन्जा पुगे त्यहाँ पर्यटनको मौसम लगभग समाप्त हुने स्थितीमा थियो ।
स्थानीयले भने, ‘उनी हाम्रा लागि साधारण पर्यटक थिए जो आफ्नो ब्याग आफैं बोकेर आएका थिए । साथीजस्तो व्यवहार गर्दथे, निकै गफगाफ पनि गर्दथे । इलाका र पहाडबारे जानकारी लिन्थे । स्थानीय संस्कृतिबारे कुरा गर्दथे । उनी हेर्दा नै मिलनसार लाग्थे । हरेक व्यक्तिसँग दोस्ती गर्न सिपालु थिए ।’
उनले सधैं सबैभन्दा सस्तो होटलबारे सोध्ने गरेको स्थानीयले जानकारी दिए ।
गिलगित–बाल्टिस्तानको प्रशंसा गरेः
ट्यारेन्टबारे एक होटलको सोसल मिडिया पेजमा पनि एउटा सन्देश पोष्ट गरिएको थियो । अहिले यसलाई हटाइसकिएको छ तर उक्त पोष्टको फोटो अहिले पनि सोसल मिडियामा छ ।
उक्त सन्देशमा ट्यारेन्टले भनेका थिएः
मेरो नाम ब्रेन्टन ट्यारेन्ट हो र म पहिलो पटक पाकिस्तानको भ्रमण गरिरहेको छु , पाकिस्तान निकै शानदार स्थान हो । यहाँका बासिन्दा पाहुनालाई निकै आदर सत्कार गर्छन् । हुन्जा घाटी र नगर भ्यालीको सुन्दरतालाई कसैले उछिन्न सक्दैन । यो दुर्भाग्य हो कि धेरैजसो मानिसहरुले पाकिस्तानको भिसा नपाएका कारण अर्को देश जाने गर्छन् । आशा गर्छु कि भविष्यमा पाकिस्तानी सरकार र प्रधानमन्त्री इमरान खानले आवश्यक परिवर्तन गरेर यो इलाकाको सुन्दरता हेर्न संसार भरिका मानिस आउन सकून् ।’
गिलगित–बाल्टिस्तानको सूत्र अनुसार ब्रेन्टन ट्यारेन्ट १९–२० अक्टोबरमा गिलगित पुगेका थिए । जहाँ उनले कानून अनुसार पुलिसको स्पेशल ब्रान्चमा आफ्नो आवागमन दर्ता गराएका थिए ।
गिलगितमा एक दिन र एक रात बसेपछि उनी नगर, हुन्जा, खजेराबको यात्रामा निस्किएका थिए ।
ब्रेन्टेन ट्यारेन्टलाई पाकिस्तानमा किन बस्न दिइयो भन्नेबारे जानकारी जुटाइँदैछ । यसबारे सरकारको पइा लिनका लागि बीबीसीले विदेश र गृह मन्त्रालयका प्रवक्तासँग कुरा गर्ने कोसिस गर्यो तर उनीहरुले कुनै जवाफ दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत