प्रभु बैंकको नयाँ शाखा कार्यालय मोरङको तिनपैनीमा
मोरङ– प्रभु बैंक लिमिटेडले आफ्नोे मोरङको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकले शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ तिनपैनीमा शाखा कार्यालय संचालनमा ल्याएको जनाएको छ ।
बैंकको तिनपैनी शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहसम्म गएकोमा खुसी व्यक्त गरे ।
उनले विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुका बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताए ।
उनले स्थानीयहरुलाई आफ्नो नजिकैबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा अवसरको सही सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली एवं गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी