शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसव पीडा कम गर्न भारतको एक प्रदेशले परीक्षण गर्यो यस्तो नवीन उपाय

मङ्गलबार, ०५ चैत २०७५, १६ : ५९
मङ्गलबार, ०५ चैत २०७५

एजेन्सी– भारतको राजस्थानको एक जिल्लाले प्रसूति अवस्थाका महिलाहरुको पीडा कम गर्न एक नवीन उपाय उपयोग गर्ने भएको छ ।  राजस्थानका अस्पतालले प्रसव पीडा भोगिरहेकाहरुको ध्यान अन्यत्र मोड्नको लागि अस्पतालहरुले प्रसव वार्डमा म्यूजिक सिस्टम लगाउनेछन् । 

राजस्थान स्वास्थ विभागले त्यहाँको राजसमन्द जिल्लाबाट यसको सुरुवात गरेको छ । जिल्लाको जमनोरस्थित सामुदायिक स्वास्थ्य केन्द्रको प्रसव वार्डमा म्युजिक सिस्टम लगाइसकेको छ । 
सोही जिल्लाका अन्य ३७ अस्पतालहरुमा पनि यो सुविधाको परीक्षण सुरु गरिएको छ । 

स्वास्थ विभागले अस्पतालमा लगाइएका म्युजिक सिस्टमबाट मधुर गीतहरु मन्द अवाजमा बजाउँदा प्रसूति अवस्थामा रहेकी महिलाको ध्यान गीततर्फ केन्द्रीत भएर पीडा कम हुने विश्वास गरेको छ । 
अब खसनोर सामुदायिक स्वास्थ केन्द्रका प्रसूति वार्डहरुमा प्रसुतिको समयमा मन्द आवाजमा गीतको बजाइनेछ । 

यसबाट बच्चा जन्माइरहेकी महिलालाई मानसिक राहत हुने चिकित्सकहरुले दावी गरेका छन् । तथापि, यसलाई चलाउन आवाजमा धेरै ख्याल गर्नुपर्ने उनीहरुले बताएका छन् । किनकि आवाज बढी भए त्यो हानिकारक पनि हुनसक्छ । 

परीक्षणको लागि जमनोरको अतिरिक्त राजसमन्द जिल्लाका अन्य ३७ स्वास्थ केन्द्र छनौट गरिसकिएको छ । उल्लेखित क्षेत्रका स्वास्थ केन्द्रको प्रसव वार्डहरुमा म्यूजिक सिस्टम लगाइनेछ ।  यसमा कुंभलगढ, भीम, कांकरोली, देवगढ, आमेट, रेलमगरा, देववाडा र केलवाका सामुदायिक स्वास्थ केन्द्र, मजेरा, बरार, कुन्वारिया, कुन्दवा, गजपुर, ताल, बग्गड, बरार र सरदादगढस्थित प्राथमिक स्वास्थ केन्द्र सामेल छ । 

यसका अतिरिक्त जिल्लाका अन्य १९ उप–स्वास्थ केन्द्रहरुमा म्युजिक सिस्टम लगाइने योजना छ । यसअघि नै हाल राज्य परियोजना निर्देशक रहेका डा.तरुण चौधरीले सन् २०११–१२ राजसमन्दका मुख्य चिकित्सा एवम स्वास्थ अधिकारी रहदाँ, अस्पतालहरुमा म्युजिक सिस्टम लगाउन पहल गरेका थिए । तर उनको सरुवा भएपछि योजना अवरुद्ध भएको थियो । 

राजसमन्द सीएमएचओ डा.जेपी बुनकरले यस योजनाबारे बताए, ‘खमनोर स्वास्थ केन्द्रको प्रसव वार्डमा म्युजिक सिस्टम लागेको छ । प्रसवको दौरान त्यसलाई मन्द आवाजमा चलाइनेछ । यसबाट प्रसुति भोगेको महिलाको ध्यान प्रसव पीडाबाट हटेर गीतको धुनमा जान्छ । यसलाई हामी जिल्लाका अन्य चुनिएका प्रसव केन्द्रमा लगाउनेछौं ।’

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप