शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

मङ्गलबार, ०५ चैत २०७५, १२ : ५२
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं–विराटनगरको शहिद रंगशालामा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणको खेलमा शतप्रतिशत नजिता निकालेको नेपालले श्रीलंकासँग पनि एउटै लय समात्ने अठोट गरेको छ । नेपाली टोलीका प्रशिक्षक हरि खड्काले नेपाल श्रीलंकाको तुलनामा निकै बलियो भएको बताए । ‘हामी शारीरिक, मानसिक र प्राविधिक सबै हिसाबले तयार छौ । श्रीलंकालाई सँधै हराउँदै आएकोले जित्ने पूर्ण विश्वास छ । तरपनि विपक्षीलाई कमजोर आँकेका छैनौं,’ खड्काले भने ।

नेपाल गोल नखाई सेमिफाइनलमा पुगेकोले फाइनलसम्म यही रणनीति अपनाउने पनि खड्काले बताए । ‘उत्कृष्ट फुटबल खेल्दै फाइनलमा पुग्नेछौं । विपक्षीलाई कुनै हालतका गोल हान्न दिनेछैनौं,’ खड्काले दावीका साथ भने । 

नेपालकी कप्तान निरु थापाले श्रीलंका शारीरिक रुपका बलियो टोली भएकोले मेहनत गरेर खेल्ने बताईन् । ‘हाम्रो टोली सन्तुलित छ । आक्रमण र रक्षा पंक्ति पनि उत्कृष्ट छ । सबै खेलाडीले उपाधि उचाल्ने एउटै लक्ष्य लिएका छौं । हरेक खेल सोही अनुसार खेल्ने छौं,’ थापाले भनिन् ।

श्रीलंकाविरुद्ध नेपाल यसअघिका खेलमा पनि हावी हुँदै आएको छ । दुई टोलीबीच यसअघि भएको पाँच भिडन्तमा नेपालले सबै खेल जितेको छ । यसअघिको साफमा नेपाल र श्रीलंका समूह चरणमा भिडेका थिए । त्यतिबेला नेपाल १–० गोलले विजयी भएको थियो । नेपाल र श्रीलंकाको खेल बिहान ११ बजे हुनेछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप